काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पकाे धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गएकाे पुष्टि गरे।
‘बिहीबार दिउँसाे १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चाेककाे मजिटार वरपर केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलकाे भूकम्प गएकाे छ,’ अधिकारीले भने।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लामा महसुस भएको छ। सामाजिक सञ्जाल प्रयाेगकर्ताले विभिन्न जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे बताएका छन्।
.gif)