महेन्द्रनगर । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल कञ्चनपुरको अध्यक्षमा मनि राम उपाध्याय चयन भएका छन् । शनिवार महेन्द्रनगरमा सम्पन्न मानव अधिकार एलाइन्स कञ्चनपुरको जिल्ला अधिवेशनले ९ सदस्यीय समिति गठन गरेको हो ।
एलाइन्सको उपाध्यक्षमा अम्बादत्त जोशी, सचिवमा नरेन्द्र देव जोशी, उपसचिव कल्पना बिक, कोषाध्यक्ष कविता रोकाया, सदस्यमा पार्वती भट्ट, चन्द्र कुँवर, सन्देश भट्ट, धर्मानन्द पन्त चयन भएका छन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालका जिल्ला सचिव अमिर तिरुवाको अध्यक्षता रहेको थियो भने, नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य जयराम विश्वकर्माको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गरिएको हो ।
कार्यक्रमका बोल्दै विशिष्ट अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढाले लोकतन्त्र र गणतन्त्रको हिस्सेदार एलाइन्स पनि भएको बताइन् । समाजको अधिकार सँग जोडिएका सङ्घ संस्था सँग जोडिएर एलाइन्सले काम गर्दे आएको बताउँदै विभिन्न तप्काका व्यक्तिहरूलाई एलाइन्समा सरिक गराउनुपर्नेमा जोड दिइन् ।
उनले सामाजिक सङ्घ सस्थाहरुले समाजको हितमा सदैव काम गर्नुेपर्नेमा जोड दिइन् ।
गैर सरकारी संस्था महासङ्घका केन्द्रीय सचिव भवराज रेग्मीले जनआन्दोलनको समयमा मानव अधिकारको रक्षाका लागी एलाइन्सको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराए । उनले सामाजिक न्याय तथा विकास सँगै सबैलाई उद्यमशीलतामा जोडिन आग्रह गरे ।
मानव अधिकार एलाइन्स सुदूरपश्चिम प्रदेश अध्यक्ष कोमल निरञ्जन भाटले राष्ट्रिय महाधिवेशन नजिकिए सँगै सुदूरपश्चिमका अन्य जिल्लामा पनि महाधिवेशनको प्रक्रिया अगाडी बढेको बताए । उनले सबै जिल्ला र विभिन्न पालिकामा संगठन विस्तारको कार्य अगाडी बढाइने बताए ।
.gif)