महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जारी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्र्तगत १७ विद्याका खेलहरु समाप्त भएका छन् । वडा नम्बर ४ स्थित कबडहलमा शनिबार देखि सुरु भएको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता र प्रथम आधारभुत तह स्तरीय खेलकुद प्रतियोगिताको एथलेटिक्स विद्या अन्र्तगतका सात ईभेन्ट बाँकी रहेको आयोजकले जनाएको हो ।
ऐथलेटिक्स अन्र्तगत सय, दुइ सय, ८ सय र १५ सय मिटरका दौड प्रतियोगिता सम्पन्न भएका छन । सय मिटर दौड प्रतियोगितामा छात्र तर्फ लक्ष्मी माध्यामिक विद्यालय बागफाँटामा कक्षा १० मा अध्ययनरत सागर भण्डारी प्रथम, महाकाली बहुप्राविधिक विद्यालयका महेन्द्रनगरमा अध्ययनरत खगेन्द्र रावत द्धितिय र डायमण्ड पब्लीक एकेडेमी गड्डाचौकीका रोशन जोशी तृतीय भएका खेलकुद समिती सदस्य दिवाकर जोशीले जानकारी दिए । यस्तै छात्रा तर्फ, सिद्धनाथ अमरमावी गड्चौकी पुनम सार्की प्रथम, इन्टरनेस्नल पब्लीक स्कुल महेन्द्रनगर आसिका थापा द्धितिय, सिद्धनाथ मावी जिमुवा चेतना भट्ट तृतीय भएकी छन् ।
यस्तै, दुई सय मिटर डौडको छात्र तर्फ पुर्णा मावी ऐरीका समिर चौधरी प्रथम, लक्ष्मीमाबी बागफाँटा, सागर भण्डारी द्धितिय डायमण्ड पब्लीक एकेडेमी गड्डाचौकीका रोशन जोशी तृतीय भएका छन् । यस्तै, छात्रा तर्फ, सिद्धनाथ अमर मावी गड्डाचौकी पुनम सार्की प्रथम, इन्टरनेस्नल पब्लीक स्कुल महेन्द्रनगर आसिका थापा द्धितिय सिद्धनाथ अमर मावी गड्डाचौकी पिंकी तिरुवा तृतीय भएकी छन् ।
आठ सय मिटर दौड प्रतियोगितामा छात्रा तर्फ, सिद्धनाथ अमर मावी गड्डाचौकी का आनन्दी चन्द प्रथम, बैजनाथ मावी ग्डाचौकी सरस्वती भट्ट द्धितिय र सिद्धनाथ अमर मावी गड्डाचौकी मनिसा नाथ र पुर्णा मावी ऐरीका संस्कृती पुन मगर तृतीय भएकी छन् ।
१५ सय मिटर दौड प्रतियोगितामा छात्र तर्फ, सिद्धनाथ अमर मावी गड्डाचौकीा अध्ययनरत अस्मीत मार्कण्ड प्रथम, सार्क ऐजुकेसनका दिपक भट्ट द्धितिय र पुर्णा मावीका सन्दीप जोशी तृतीय भएका छन् । यस्तै, छात्रा तर्फ न्यू सरस्वती विद्या मंदिर ऐरीकी नमिता एसके प्रथम, पुर्णामावी ऐरी संस्कृती पुन मगर द्धितिय र बैजनाथ मावी महेन्द्रनगरकी आकृती शाही तृतीय भएकी छन् । लमजममा छात्र तर्फ सिद्धनाथ अमरमावी गड्डाचौकी अस्मित मार्कण्ड प्रथम, लिटिर बुद्ध ऐकेडेमी महेन्द्रनगरका छात्र पुकार चन्द द्धितीय र पुर्णा मावी ऐरीका समिर चौधरी तृतीय भएका छन् । यस्तै, छात्रा तर्फ सिद्धनाथ अमर मावीमा अध्ययनरत पुनम सार्की प्रथम, महेन्द्रमावी साधारणकी छात्रा अस्मीता साउँद द्धितीय र इन्टरनेस्नल पब्लीक स्कृल आसिका थापा तृतीय भएकी छन् ।
हाइजम्पमा पुर्णामावीका गणेश बहादुर साउँद प्रथम, मेधावी सेकेन्ड्री स्कुल भाषीका सन्दीप धामी द्धितिय र पुर्णामावीका रोहित खड्का तृतीय भएका छन् । खेलकुद खेलकुद सदस्य दिवाकर जोशीका अनुसार, राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ५६ विद्यालय र प्रथम आधारभुत स्तरिय खेलकुद प्रतियोगितामा ६१ विद्यालय सहभागी रहेका छन् ।
प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टसका खेलहरु भइरहेका छन् । यी खेलमा एथ्लेटिक्स अन्र्तगत १३ विधा, भलिबल र कबड्डी छात्र र छात्रा दुबै तथा मार्सल आर्टसमा कराँते र तेक्वान्दो र उसुको खेल भएका छन् । तेक्वान्दो र कराँतेका ६ र ६ इभेन्टस समावेश गरिएको छ । खेल बुधबार समापन गरिने जनाइएको छ ।
.gif)