बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा पुस २६ गतेदेखि एन-प्याब्सनका खेल हुँदै


बुधबार, पुस २४ २०८१
  • 403
    Shares

  • images
    images
    महेन्द्रनगरमा पुस २६ गतेदेखि एन-प्याब्सनका खेल हुँदै

    महेन्द्रनगर । महेन्द्रनगरमा यही पुस २६ गतेदेखि १७ औँ नेशनल प्याब्सन कञ्चनपुर जिल्ला स्तरीय खेल महोत्सव हुने भएको छ । आज (बुधवार) महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दे राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) जिल्ला कार्यसमिति कञ्चनपुरले खेलबारे जानकारी गराएको हो । 

    नेशनल प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले ‘राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ महेन्द्रनगर स्थित खुलामञ्चमा पुस २६ गतेदेखि २९ गते सम्म विभिन्न विद्याका प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

    २०६४ सालमा स्थापना भएको संस्थागत विद्यालयहरूको छाता सङ्गठन नेशनल प्याब्सनले यस वर्ष पनि विभिन्न चार विद्यामा खेलहरू आयोजना गरिएको जनाएको छ । 

    खेल संयोजक बलदेव भट्टका अनुसार, लमजम, हाइजम्प, सट फुट यसै गरी सय, दुई सय मिटरका दौड प्रतियोगिता, म्याराथन पाँच हजार मिटर दौड, छात्र, छात्रा भलिबल लगायतका खेलहरू खेलाइने छन् । 

    प्रतियोगितामा प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ट्रफि हस्तान्तरण गरिने आयोजकले जनाएको छ । यसै गरी द्धितिय, तृतीय हुने विद्यालयलाई सान्त्वना पुरस्कार र ट्रफिबाट पुरस्कृत गरिने छ । यस्तै, एथलेटिक्स, भलिबलमा प्रथम, द्धितिय र तृतीय हुने छात्र–छात्रलाई सिल्ड प्रदान गरिने छ । 
    यस्तै, उत्कृष्ट खेलाडीमा एथलेटिक्समा दुई जना, भलिबलमा कक्षा ९ र दशका छात्र छात्रा, गरी प्रत्येक तहमा आठ जना उत्कृष्ट खेलाडीलाई टफिबाट सम्मानित गरिने खेल संयोजक बलदेव भट्टले जानकारी दिए । 

    यस खेलकुद बाट उत्कृष्ट विद्यार्थीहरूले राष्ट्रपति रनिङ सिल्डका साथै राष्ट्रिय स्तरमा नै आफूलाई उभ्याउन सफल हुने छन् भन्ने उद्देश्यले खेल आयोजना गरिने उनले बताए । खेलमा झन्डै दस लाख बराबरको खर्च हुने नेसनल प्याब्सन जिल्ला कार्यसमितिका कोषाध्यक्ष सुर्य बहादुर चन्दले जानकारी दिए । उनका अनुसार खेलमा सहभागी हुने खेलाडीहरूको विभिन्न तह अनुसार शुल्क निर्धारण गरिएको छ । 

    आधारभूत तहको विद्यालयको दर्ता शुल्क ५ हजार , आधारभूत तह (ख) का लागि ८ हजार , माध्यमिक तहका लागि १० हजार र कक्षा ११–१२ का लागि १२ हजार दर्ता शुल्क तोकिएको छ ।

    जिल्लामा ऐन प्याबसनमा आबद्ध १३२ विद्यालय रहेका छन् । बुधवार सम्म ५० विद्यालयले खेलमा सहभागिताका लागी नाम दर्ता गराएको खेल संयोजक भट्टले जानकारी दिए । उनका अनुसार अझै थुप्रै विद्यालयहरू सहभागी हुनेछन् । 

    पुस २६ गते बिहान महेन्द्रनगर स्थित गल्लि नम्बर एकबाट प्रभात फेरी निकाल्दै खुल्ला मञ्चमा ११ बजे उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ । 
    महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम रहेको नेशनल प्याब्सन कञ्चनपुरका अध्यक्ष चन्दले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # एन-प्याब्सन


  • प्रतिक्रिया दिनुहोस