सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान


पश्चिम प्रेस
बिहीबार , पुस २५ २०८१
  • 905
    Shares

  • images
    images
    कैलालीमा प्रहरीले थाल्यो गाडामा स्टिकर टाँस्ने अभियान

    धनगढी । कैलालीमा गोरु गाडा लगायत सवारी साधनमा ठोक्किएर सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको छ ।

    हिउँदको समयमा लाग्ने कुहिरोले हुने कम भिजिबिलिटीबाट हुने दुर्घटना जोखिम न्यूनीकरण गर्न प्रहरीले सवारी साधनमा रिफ्लेक्ट स्टिकर टाँस्ने अभियान थालेको हो ।

    प्रहरीले सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलिया र सत्तीमार्फत ग्रामीण भेगमा स्टिकर टाँस्ने अभियान थालेको हो ।

    ग्रामीण भेगमा डल्लपलगायत सवारी साधनहरूमा ठोक्किएर हुने दुर्घटना बढेपछि अभियान थालेको अस्थायी ट्राफिक प्रहरी पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले बताए । अभियानलाई गाउँ गाउँमा पुर्‍याउने उनको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # प्रहरी
  • प्रतिक्रिया दिनुहोस