महेन्द्रनगर । बझाङमा प्रहरी जवानमा जागीर लगाइदिने भन्दै प्रहरीकै एक हवल्दारले घुस लिएको पाइएको छ । जिल्लाको छब्बीस पाथिभरा गाउपालिका -५ का विरेन्द्र धामीबाट प्रहरीमा जागीर लगाइदिने भन्दै रकम ठगी गरेको पाइएको हो ।
गत फागुन महिनामा खुलेको प्रहरीको नंया भर्नामा प्रहरी जवान बनाइदिन्छु भन्दै धामीबाट एक लाख ७० हजार रकम मागेको गुनासो गरिएको छ ।
नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत डडेल्धुरा घर भएका प्रहरी सहायक हवल्दार केशव दत्त भट्टले बझाङका स्थानीय धामीबाटपनि रकम असुलीको धन्दा सुरु गरे ।
पीडित धामीले भने `सहायक हवल्दार भट्टले यती सम्म आश्वासन दिलाएकी प्रहरी जवान पदमा जागीर लगाइदिए वाफत डेढ लाख दिनु पर्छ कारणबस जागीर नलगाईको खण्डमा रकम फिर्ता गरिदिने छु। ´
पारिवारिक अवस्था कमजोर धामीको आयस्रोत छैन । जागिर लगाइदिने भन्दै व्यक्ति घरमै आएपछि यताउतीबाट ऋण खोजेर हवल्दार भट्टलाई रकम दिएको उनले बताए ।
स्थानीय धामीबाट सहायक हवल्दार भट्टले २०८० चैत महिनामा विभिन्न गते गरि एक लाख ७० हजारको रकम पाएको रसिद प्रमाण हामिलाई प्राप्त भएको छ ।

प्रमाणमा प्रभु मनि ट्रान्सफर प्राइभेट लिमिटेडबाट निज सहायक हवल्दारको खातामा रकम गरेको छ ।
चैत महिनामा सहायक हवल्दारले रकम पाएपछि वैशाख महिनामा छनौट गरिदिने आश्वासन दिलाएको पीडित धामी बताउँछन ।
तर धामी छ्नौट नै नभएपछि सहायक हवल्दारले रकम फिर्ता नहुने भन्दै फोन उठाउन छोडेको गुनासो गरिएको छ ।
सहायक हवल्दार भट्टलाई पटक पटक सम्पर्क गरेपछि गत असोज २० गते १ लाख ७० हजारको चेक दिएको धामिले बताए । तर खातामा पैसा नै नभएको चेक थमाएको गुनासो धामीले गरे ।
सहायक हवल्दार भट्टले धामीबाट भने रकम नलिइएको जिकिर गरेका छन् । उनले धामीका निकटतम प्रहरीबाट रकम पाइएकाले सातादिन भित्र फिर्ता गरिने बताएका छन् ।
यता प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी) दिलिप सिह देउवाले प्रहरी कर्मचारीले रकम लिएको विषयमा बुझिने बताएका छन् ।
एसएसपी देउवाले पीडित पक्षलाई आफुहरुको सम्पर्कमा आउन पनि अनुरोध गरे ।
उनले यस विषयमा छानबिन गरिने बताएका छन् ।
.gif)