सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा १६८ व्यवसायीलाई सौतेनी व्यवहार गरेको गुनासो


पश्चिम प्रेस
बिहीबार , माघ ३ २०८१
  • 658
    Shares

  • images
    images
    महेन्द्रनगरमा १६८ व्यवसायीलाई सौतेनी व्यवहार गरेको गुनासो

    महेन्द्रनगर । कंचनपुरको भीमदत्त नगरपालिकाले व्यवसायीहरुमाथी विभेद गरेको भन्दै व्यवसायीहरुले उचित व्यवस्थापनको माग अघि सारेका छन् । 

    वाल मन्दिर संघर्ष समिति र खाद्यान्न व्यवस्थापन कम्पनी लिमिटेड संघर्ष समितिले बिहिवार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै आफुहरुको पनि उचित व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् । 

    विगत लामो समयदेखि महेन्द्रनगर वर्षपार्कको पश्चिमतर्फ रहेको नेपाल बाल संगठन बाल मन्दिर र खाद्यान्न व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा व्यवसाय गर्दै आएका १६८ व्यवसायीहरुले भीमदत्त नगरपालिकाको सार्वजनिक जमिन खाली गर्ने निति अनुरुप संग्रचनाहरु हटाउने अभियानमा साथ दिएको बताएका छन् । 

    तर नगपालिकाले व्यवसायीहरुमाथी विभेद गर्दै केही पहुँचवाला व्यवसायीको मात्रै व्यवस्थापन गर्न खोजिएको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    खाद्यान्न कम्पनी लिमिटेड संघर्ष समितिका संयोजक सेर सिह कुवर र बालमन्दिर संघर्ष समिति संयोजक डम्बर बहादुर खड्काद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा `स्थानीय सरकारले नै सामाजिक न्यायको समेत ख्याल नगरी केही पहुँचवाला व्यवसायीलाई मात्रै व्यवस्थापन गर्ने कुराले हामीमाथि अन्याय गरेको महसुस गरेका छौं, भनिएको छ । 

    विज्ञप्तिमा बाल संगठन मन्दिरमा बसेका ४६ व्यवसायी र खाद्यान्नको जमिनमा बसेका १२२ व्यवसायीमाथी पनि कुनै विभेद नगरी उचित व्यवस्थापनको माग गरिएको छ । 

    नगरपालिकाले केही पहुँचवालालाई मात्रै व्यवस्थापन गरि १६८ जना व्यवसायी प्रति सौतेनी व्यवहार नगर्न व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।   

    आफुहरुको उचित व्यवस्थापन नगरिए चरणबद्ध आन्दोलनमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन् ।


    प्रतिक्रिया दिनुहोस