सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित


पश्चिम प्रेस
बिहीबार , माघ १० २०८१
  • 1.9K
    Shares

  • images
    images
    सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित

    महेन्द्रनगर । सुदूरपश्चिमकी पहिलो महिला सवारी चालकलाई सम्मानित गरिएको छ । आज (बुधवार) महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिमकै  प्रथम सार्वजनिक महिला सवारी चालक रविना चन्दलाई सम्मानित गरेको हो । 

    नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीले सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित सम्मानित गरिएको जानकारी दिए । सुदूरपश्चिममा सार्वजनिक यातायात चालकको क्षेत्रमा एक प्रतिशत महिलाको सहभागिता रहेको जोशीले बताए । उनले यसै गरी महिला चालकको सहभागिता बढ्दै गए महिलाहरू सक्षम हुँदै जाने बताए । 

    पछिल्लो परिवेशमा यात्रा गर्न जाँदा छोरिचेलीलाई एक्लै जान कठिनाइ हुने गरेका कारण महिला चालक हुँदा ढुक्क भएर यात्रा गर्न पनि सहज हुने उनले बताए । 

    महिला चालक सहचालक नभएको अवस्था महिला नै चालक हुँदा महिलाहरूलाई यात्रा गर्न सजिलो हुने अपेक्षा पनि गरिएको अध्यक्ष जोशीले बताए । 
    बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का डबल बहादुर चन्दकी १९ वर्षीय छोरी रबिनाले एक वर्ष पहिले सवारी चालक अनुमति पत्र पाएकी थिइन । 
    घरमा गाडी भएपनी सवारी चालक नहुँदा समस्या बेहोर्नु परेपछि आफूले चालक बन्ने सोच बनाएको उनले बताइन् । 

    बुवाले सवारी चालक राखे पनि छोड्ने नयाँ राख्ने क्रम बढ्दै जाँदा यस पेसामा लागेर घरपरिवारलाई सघाउने निधो गरेर गाडी चलाउन सिक्न सुरु गरेको उनी बताउँछिन् । 

    गाडी चलाउन सिकेको केही समयमै लाइसेन्स पनि निकालेकी रविना अहिले महेन्द्रनगर धनगढी(बैतडी रुटमा गाडी चलाउँदै आएकी छन् । 
    एकल महिला चालक हुँदा यस पेसामा केही चुनौती पनि रहेको बताउँदै उनले सह–चालक पनि महिलालाई नै बनाउने सोच बनाएको बताइन् । 
    ‘पुरुष चालकहरू अधिकांश हुइएकिर गाडी चलाउने, मापसे सेवन गर्ने र जसले दुर्घटना समेत निम्त्याउने गरेको देखिन्छ’–उनले भनिन्–महिलाहरूको सहभागीतापनि यस क्षेत्रमा बढ्दै गए यातायात क्षेत्र थप व्यवस्थित हुने छ ।

    सवारी चलाउनु रविनाको मुख्य पेशा बन्दै गएपनी पढाइलाई पनि उनले निरन्तरता दिएकी छन् ।  कुलाउ माविमा स्थानक तह प्रथम वर्षमा अध्ययन गर्दै आएको रविनाले बताइन । उनले पढाई सँगै अहिले चालकपेशालाई निरन्तरता दिएको बताएकी हुन् ।


  • सम्बन्धित विषय:

  • # महिला सवारी चालक
  • प्रतिक्रिया दिनुहोस