महेन्द्रनगर । सुदूरपश्चिममा आप्रवासन समस्या विद्द्यमान रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । आज ( शुक्रबार) सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको `सुदूरपश्चिम प्रदेशमा बसाइसराइ र विकास बसाइँसर सम्बन्धी शैक्षिक प्रवचन´कार्यक्रममा सहभागीले आप्रवासी समस्या विकराल बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् ।
नेपालीहरु शीप बिनै भारत लगायत तेस्रो मुलुकमा जाने र जसले रेमिटेन्स घट्दै गरेको कार्यक्रमका प्रस्तोता डा.दिपकचन्द्र भट्टले बताए ।
पछिल्लो तथ्यांक अनुसार ९१ % भन्दा बढी नेपाली स्किल बिनै रोजगारीका लागि भारत गएका उनले बताए ।
ति श्रमिकबाट भारतीयहरुले तेब्बर बढी मुनाफा कमाउने र नेपाली श्रमिकले जिवनभर आर्थिक समस्या झेल्नुपरेको छ ।
सरकारले स्पष्ट रुपमा नेपाली श्रमिकहरुलाई तालिम र रोजगारीको व्यवस्था गर्नुपर्ने कार्यक्रममा सहभागी महिला अधिकारकर्मी भुवन कुवरले बताइन् ।
महेन्द्रनगरमा काम गर्ने अधिकास पेशामा भारतीयहरु रहेका तथ्यांकले देखाएको छ । कपाल काट्ने नाई सबै भारतका कामदार रहेका र उनिहरुले नै ठूलो रकम लग्ने गरेको तथ्यांकले देखाएको हो । नेपालीहरुमा यहाँ काम गर्न लाज मान्ने मनोवृत्ति देखिएकाले सरकारले पनि यसमा ध्यान दिनु पर्ने मानविकी तथा शिक्षा संकायका डिन मुकुन्द कलौनीले बताए ।
आप्रवासन व्यवस्थापनका सन्दर्भमा रणनीतिहरु पहिचान गरि सरकारले स्पष्ट निति तथा योजना ल्याउनु पर्नेमा विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए ।
कार्यक्रमका सभापति ले सुदूरपश्चिममा बढ्दै गएको बसाइँसराइको दर र स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीहरु विदेशीने क्रम बढ्दै गरेकाले जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सरकार केन्द्रिय हुनुपर्नेमा जोड दिए ।
सुदुरपस्चिम प्रदेश सरकारका निति तथा योजना आयोगका सदस्य हिरा चन्दले सरकारका तर्फबाट निति तथा योजनामा आप्रवासी समस्यालाई निदान गर्न आगामी दिनमा स्पष्ट निति तथा योजना ल्याइने प्रतिवद्द्ता जनाए ।
.gif)