बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

गृह जिल्लामा भीम रावलको डेउडाः एमाले आच्छिन बामालेले खाइसक्यो!


पश्चिम प्रेस
आइतबार, माघ १३ २०८१
  • 556
    Shares

  • images
    images
    गृह जिल्लामा भीम रावलको डेउडाः एमाले आच्छिन बामालेले खाइसक्यो!

    काठमाडौँ ।  नेकपा एमालेले पार्टीबाट निष्कासन गरेपछि पूर्व उपाध्यक्ष भीम रावल यति बेला गृह जिल्ला अछामको भ्रमणमा छन्। मातृभूमि जागरण अभियान, नेपालका नामले राजनीतिक अभियान थालेका रावल पार्टी नै बनाउने गरी संगठन निर्माण गरिरहेका छन्। 

    यसैको जग बसाउन रावल गृह जिल्ला पुगेर आफ्ना कुरा बुझाउन प्रयासरत छन्। यसैबिच आइतबार रावलले फेसबुकमा अछाममै खेलिएको एक डेउडा खेलको भिडिओ सामाजिक सञ्जालमा राखेका छन्। १ मिनेट ३९ सेकेन्डको भिडिओमा रावल आफै डेउडा गीत हालिरहेका सुनिन्छन् भने अन्यले सहयोग गरिरहेका छन्। 

    रावलले उक्त भिडिओ ‘मातृभूमि जागरण अभियान, नेपालको साँफेबगर नगरपालिका, अछाममा नगर स्तरीय भेलाका अवसरमा माघ १२ गते’ खेलिएको भनेर उल्लेख गरेका छन्।

    भिडिओमा सुनिने गीतमा पहिलो टुक्काको दोस्रो हरफ मात्रै सुनिन्छ, जसमा ‘बामाल्याको पार्टी अछामबाटी ध्वस्त भयो’ भनिएको छ । 

    यस्तै दोस्रो टुक्कामा ‘गडाको हरियो घाँस आच्छिन्, आच्छिन्, बामालेले खाइसक्यो एमाले आच्छिन्’ भनिएको छ । 

    जसमा रावलले डेउडा गीतमार्फत वास्तविक एमाले नै नरहेको भन्दै एमालेलाई बामालेले खाइसकेको भन्न खोजेको सुनिन्छ । 


  • सम्बन्धित विषय:

  • # एमाले
  • प्रतिक्रिया दिनुहोस