मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

जवान बिष्ट मृत्यु प्रकरण : प्रहरीद्वारा जाहेरी दर्ता गर्न अस्विकार


पश्चिम प्रेस
सोमबार, माघ १४ २०८१
  • 698
    Shares

  • images
    images
    जवान बिष्ट मृत्यु प्रकरण : प्रहरीद्वारा जाहेरी दर्ता गर्न अस्विकार

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्याल कञ्चनपुरले जाहेरी दर्ता गर्न अस्विकार गरेको छ ।

    पिडीत परिवारले अनुशन्धानका लागी प्रहरी कार्यालयमा जाहेर दिन खोजेपनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने आइतबार जाहेरी दर्ता गर्न अस्विकार गरेको हो । माघ नौं गते राति ८ ः १५ बजेको समयमा डिउटीमा खटिने क्रममा टाउँकोमा गोलि लाग्दा गम्भिर घाँईते भएका बझाङ्को बित्थडचिर गाउँपालिका–६ का वकिल बिष्टलाई महाकाली प्रादेशीक अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका क्रममा शुक्रबार कैलालीको निःशर्ग अस्पतालमा उनको ज्यान गएको थियो ।

    मृतक बिष्टका परिवारले घटना संकास्पद रहेको भन्दै आज (आइतबार) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका थिए । तर प्रहरी कार्यालयले भने उनको जाहेरी दर्ता गर्न अस्विकार गरेको हो । मृतक बिष्टले आत्मघाती प्रहार नगरेको र घटना संकास्पद देखिएको भन्दै पिडीत परिवारले घटनाको शुक्ष्म अनुशन्धानको माग गर्दे प्रहरी कार्यालय कञ्चनपुरलाई जाहेरी दिनखोजेको बताएका छन् ।  

    मृतककी श्रीमती देवकी बिष्टले घटनाको वास्तविकता पत्ता लगाइनु पर्ने र दोषीलाई कार्वाही गरिनुपर्ने माग सहित जाहेरी दिन खोजेको बताइन् । प्रहरीले घटनाको अनुशन्धानमा लापरवाही गरेको गुनासो मृतककी श्रीमती बिष्टले दुःखेसो पोखिन् ।

    बिष्टले उपचारका क्रममा कैलालीमा ज्यान गुमाएकाले उतै जाहेरी दर्ता गर्न प्रहरीले दवाव दिएको गुनासो गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले प्रहरी जवान बिष्टको जाहेरीको सम्बन्धमा भने कुनै जानकारी नभएको बताएका छन् । डिएसपी जोशीले जवान बिष्टको कैलालीमा मृत्यु भएकाले उतै जाहेरी दर्ता गर्ने सुन्नमा आएको बताए ।

    जवान बिष्टले आत्मघाती प्रहार गरेको डिएसपि जोशीले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।

    मृतक प्रहरी जवान बिष्टको शव कैलाली स्थित निःशर्ग अस्पतालमा राखिएको छ । मृतकका परिवारले घटनाको अनुशन्धान गरिनुपर्ने माग सहित शव बुझ्न मानेका छैनन् । मृतकी श्रीमती देवकीले श्रीमान कुनै तनाव र विरामी नभएको अवस्थामा एकाएक आत्महत्या गरेको भन्नु सरासर गलत भएको बताईन् । उनले घटनाको अनुसन्धान गरिनुपर्ने माग राखेकी छन् । उनका आठ वर्षिय र दुई वर्षीय दुई छोरी रहेका छन् ।


    प्रतिक्रिया दिनुहोस