शुक्रबार, कात्तिक २१ गते २०८३ || Nov 6, 2026
  • यो साता चर्चामा :

कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु


पश्चिम प्रेस
बुधबार, माघ १६ २०८१
  • 914
    Shares

  • images
    images
    कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु

    काठमाडौँ ।  भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा बुधबार  राति भागदौड मच्चिएको छ। 

    गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ। तर भारतीय सञ्चारमाध्यमहरूले मृत्युको संख्या फरक फरक लेखिरहेका छन्। 

    द हिन्दुस्तान टाइम्सले भने कम्तीम १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ। 

    घाटमा दर्जनौँ एम्बुलेन्स पठाइएका थिए। घाइतेहरूलाई उपचारका अस्पतालमा लगिएको थियो।


    प्रतिक्रिया दिनुहोस