काठमाडौँ । हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ।
विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको छ।
गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
तर बिहीबार ९आज० छुट्ने बन्धकहरूको नाममा भने विपिनको नाम उल्लेख गरिएको छैन।
.gif)