सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

धनगढी जान्छु भनेर निस्केका कलौनी मृत फेला, हत्याको आशंका


पश्चिम प्रेस
शनिबार, माघ १९ २०८१
  • 2.1K
    Shares

  • images
    images
    धनगढी जान्छु भनेर निस्केका कलौनी मृत फेला, हत्याको आशंका

    महेन्द्रनगर । नेपाली काँग्रेस भीमदत्तका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका- १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

    जिल्ला प्रहरीकार्यालय कंचनपुरका एसपी चक्रराज जोशीले कलौनी मृत अवस्थामा फेला परेको बताए ।

    मृतक कलौनी भीमदत्त नगरपालिकाका काँग्रेस सभापति तथा निकै लोकप्रिय नेता थिए ।

    जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीका अनुसार , कलौनी शुक्रबार घरबाट धनगढी जान्छु भनी निस्किएका थिए ।

    आज ( शनिबार) बिहान कलौनी घोप्टो परेको अवस्थामा बाटोमा मृत फेला परेको डिसपी जोशीले बताए ।

    घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनको सरिरमा चोटपटक, घाउ नदेखिएको प्रहरीले जनाएको छ ।

    यद्यपि चिकित्सक बोलाएर थप जाचको कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

    उनको मृत्यु चोटपटक बाट या हत्या भएको भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जोशीले बताए ।


    प्रतिक्रिया दिनुहोस