मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नेता कलौनीको पोष्टमार्टम सकियो, रिपोर्ट आउन केही समय लाग्ने


पश्चिम प्रेस
आइतबार, माघ २० २०८१
  • 522
    Shares

  • images
    images
    नेता कलौनीको पोष्टमार्टम सकियो, रिपोर्ट आउन केही समय लाग्ने

    महेन्द्रनगर । नेपाली काङ्ग्रेस भीमदत्त नगरपालिका नगर सभापति अच्युत कलौनीको शवको पोष्टमार्टमको काम सकिएको जनाइएको छ । आज (आइतबार) बिहान दुई घण्टा लगाएर शवको पोष्टमार्टम भएको महाकाली प्रादेशिक अस्पतालका डा. अर्जुन भट्टले जानकारी दिए । 

    भेरी अस्पताल नेपालगन्जबाट आएको फोरेन्सीक मेडीसिन बिसेसज्ञ डा. अर्बिन साक्य, महाकाली अस्पतालका डा. अर्जुन भट्ट र  मेसुसहित तीन जनाको टोलिले पोष्टमार्टम गरेको हो । 

    पोष्टमार्टम सकेर चिकित्सकको टोली नेपालगन्ज फर्किएको डा. भट्टले जानकारी दिए । पोष्टमार्टमको रिपोर्ट आउन केही समय लाग्ने चिकित्सकहरुले बताएका छन् ।

    विधि बिज्ञान प्रयोगशाला काठमाडौबाट परिक्षण भएपछि भिसेरा रिपोर्ट आउने डा. भट्टले बताए  । मृतकको शव परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # पोष्टमार्टम
  • प्रतिक्रिया दिनुहोस