महेन्द्रनगर । महेन्द्रनगरमा मृत अवस्थामा फेला परेका नेपाली काङ्ग्रेसका नेता अच्युत कलौनी पार्थिव शरीरको अन्तिम दाहसंस्कार गरिएको छ ।
नेपाली काङ्ग्रेस भीमदत्त नगर सभापति समेत रहेका नेता कलौनीको पार्थिव शरीरको आइतबार दिउँसो भुजेला घाटमा अन्तिम दाहसंस्कार गरिएको हो । गृहमन्त्री रमेश लेखकले पार्थिव शरीरमा पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।
नेता कलौनी भीमदत्त नगरपालिका(१८ वडा कार्यालय भन्दा सय मिटर दक्षिण सडकमा रहस्यमयी तरिकाले घोप्टो परेको अवस्थामा शनिवार बिहान मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनको मृत्युको कारण खुल्न नसकेको बताएको छ । मृतकको पोस्टमार्टम रिपोर्ट विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । पोस्टमार्टम रिपोर्ट आए पछि मृत्युको कारण खुल्नमा आउने जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी उमेश जोशीले जानकारी दिए । उनले उक्त घटनाको विभिन्न कोणबाट सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको बताए ।
.gif)