सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम महोत्सवमा एकै दिन ४० हजार बढी दर्शक


पश्चिम प्रेस
शुक्रबार, माघ २५ २०८१
  • 1.9K
    Shares

  • images
    images
    सुदूरपश्चिम महोत्सवमा एकै दिन ४० हजार बढी दर्शक

    महेन्द्रनगर । महेन्द्रनगरको खुलामञ्चमा संचालित सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको दशौ दिन शुक्रबार एकै दिन चालीस हजार बढी दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेका छन् ।  

    ‘महोत्सवको दशौ दिन शुक्रबार सबैभन्दा बढी दर्शकले अवलोकन गरेका छन्,’ नेपाल उद्योग व्यापार महासंघका सास्कृतिक संयोजक करन पालले भने, ‘महोत्सव हेर्न आएका कतिपयलाई त टिकट व्यवस्थापन गर्न नसक्ने अवस्था आयो । महोत्सवको दसौं दिन सम्म आइपुग्दा शुक्रबारको संख्या अहिलेसम्मकै बढी हो । दर्शकको घुइचोले महोत्सवस्थलको आन्तरिक व्यवस्थापन नै कठिन हुन गयो ।’ उनले भने । 

    खुला मन्चमा जारी महोत्सव स्थलको क्षमता ५० हजार हाराहारीमात्रै रहेको आयोजकले जनाएको छ । 

    महासंघले यस वर्ष महेन्द्रनगरमा पहिलो पटक प्रदेशस्तरीय महोत्सवको आयोजना गरेको हो । 

    `सास्कृतिक, धार्मिक ऐतिहासिक सम्पदाको पहिचान, समृद्ध र सुसस्कृत समाज निर्माण हाम्रो अभियान´भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको छ ।  

    जारी महोत्सवमा ब्यावसायिक प्रयोजन एवं किनमेलका ६० बढी स्टलहरु प्याक छन् । पहिलो पटक आयोजना गरिएको यस महोत्सवमा थुप्रै स्टल खाली रहेका छन् , भने अन्य दिनको तुलनामा आज कारोबार राम्रो भएको व्यवसायीहरुले बताएका छन् । आज गायक दुर्गेश थापाको प्रस्तुति रहेको थियो । दर्शकहरुको आकर्षण पनि अत्यधिक देखिएको आयोजकले जनाएको छ । 

     

    एक किशोरी बेहोस 

    जारी महोत्सवमा अत्याधिक भिडभाडका क्रममा एक किशोरी बेहोस भएकी वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । महोत्सवमा दर्शकका बिचमा नृत गरिरहेकी अन्ताजी २२ वर्षीय किशोरी भिडभाडका बिच बेहोस भएकी थिइन् । उनलाई महाकाली प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनको परिचय भने खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस