महेन्द्रनगर । कन्चनपुर जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा साना उद्योग कार्यालय कंचनपुरका अनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लामा विभिन्न प्रकृतिका दुइ सय ६९ नयाँ उद्योग दर्ता भएका हुन् ।
चालू आर्थिक वर्षको ६ महिनामा दुई सय ६९ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका उक्त कार्यालयका प्रमुख हेमन्त बहादुर सिंहले बताए । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकतर्फ ३७ , कृषि तथा वनजन्य एक सय ३, पर्यटन एक, सेवामूलक एक सय २८ छन् ।
यसैबीच, उक्त कार्यालयले गत आवमा नौ वटै स्थानीय तहका स्थानीयहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । कार्यालयले यस वर्ष पनि तालीमहरु प्रदान गरिने जनाएको छ ।
यस वर्ष चार वटा तालिम संचालनको प्रक्रियामा गरेको कार्यालय प्रमुख सिहले जनाए ।
.gif)