महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख उद्धव राज जोशीको निधन भएको छ ।
भीमदत्त नगरपालिका वडा न ४ घर भएका जोशीको काठमाडौमा निधन भएको हो ।
माघ दोस्रो साता कार्यक्रममा सहभागी हुन काठमाडौ गएका जोशीको शनिबार बिहान ४:३० बजे देहावसान भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भान बहादुर महराले जानकारी दिए ।
प्राप्त जानकारी अनुसार, जोशी सोही दिन बिहान ४ बजे कोठामा बेहोस अवस्थामा थिए । उनलाई उपचारका लागि किष्ट अस्पतालमा लगिएकोमा उपचारका क्रममा निधन भएको हो ।
मृतक जोशीको शव कंचनपुर ल्याइदै छ । मंगलबार बिहान दाहसंस्कार गरिने मृतक जोशीका दाई मोहन चन्द्र जोशीले बताए ।
जोशीको उपचारमा खटिएका चिकित्सकका अनुसार उनको मस्तिष्क घातका कारण निधन भएको हुन सक्ने जनाइएको छ । मृतक जोशीका श्रीमती र दुई छोरा छन् ।
.gif)