महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार राति ८ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं १२ स्थीत भाईरल रोडमा सु.प.प्र ०१०११२ प ९२४९ नम्बरको मोटरसाईकल विद्युतको पोलमा ठोकिदा दुई जनाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परि भीमदत्त नगरपालिका वडा नं. १३ का २१ बर्षिय कैलाश सिंह साँउद र २२ बर्षिय गणेश बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक उमेश जोशीले जानकारी दिए ।
मोटरसाईकल अनियन्त्रित भएर दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
.gif)