मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा मोबाइल र मोटरसाइकल चोरी बढ्दै


पश्चिम प्रेस
मंगलबार, माघ २९ २०८१
  • 661
    Shares

  • images
    images
    कञ्चनपुरमा मोबाइल र मोटरसाइकल चोरी बढ्दै

    महेन्द्रनगर । कञ्चनपुर जिल्लामा तीन वर्षको अवधिमा १८ मोटरसाइकल चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, तीन वर्षको अवधिमा १८ मोटरसाइकल चोरी सम्बन्धीका मुद्दा दर्ता भएका छन् । 

    जसमा सबै मुद्दा फर्चौट भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता ( डिएसपी ) उमेश जोशीले जानकारी दिए । उनका अनुसार, आर्थिक वर्ष ०७८/०७९ मा ६, ०७९/८० मा ७ र ८०/८१ मा ५ मोटरसाइकल चोरीको मुद्दा दर्ता भएका थिए । 

    यस्तै, चालू आर्थिक वर्षको ६ महिनामा ५ मोटरसाइकल चोरीका घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् । जसमा दस जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी कार्यालयले जनाएको छ । 

    ९४ मोबाइल चोरी 

    कञ्चनपुर जिल्लामा चालू आर्थिक वर्षको पुस महिना सम्म ९४ मोबाइल फोन चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ९४ मोबाइल फोन चोरी भएका मुद्दा दर्ता भएकोमा ३३ मोबाइल फेला परेका छन् । कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता जोशीले ३३ मोबाइल फेला परेकोमा सम्बन्धित व्यक्तिलाई बुझाइएको जनाए । 

    जिल्लामा तीन वर्षको अवधिमा २८ घरको भित्ता फोरेर सामाग्री चोरी भएका छन् । भने डाँका चोरी सम्बन्धी १२ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । 

    डिएसपी जोशीले चोरी भई हाले तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरे । 

    जिल्ला प्रहरी कार्यालयले समय समयमा नागरिकलाई सचेतना मूलक कार्यक्रमको पनि आयोजना गर्दै आएको जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस