सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा लिटिलबुद्ध टि–२० कप हुँदै


पश्चिम प्रेस
मंगलबार, माघ २९ २०८१
  • 608
    Shares

  • images
    images
    महेन्द्रनगरमा लिटिलबुद्ध टि–२० कप हुँदै

    महेन्द्रनगर । महेन्द्रनगर स्थित लिटिलबुद्ध एकेडेमीले सातौं एल.बि.ए. टि–२० कपको आयोजना गर्ने भएको छ । लिटिल बुद्ध ऐकेडमीको आयोजनामा बुधबारदेखि महेन्द्रनगर स्थित कबर्डहलको खेल मैदानमा खेल सुरु हुने जनाइएको छ ।

    जिल्ला खेलकुद संघ कञ्चनपुरको प्राविधिक सहयोगमा लिटिलबुद्द एकेडेमीले माघ ३० गते बुधबारदेखि प्रदेश स्तरीय टि–२० कपको आयोजना गरिने मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

    टि–२० क्रिकेट कपका खेलकुद संयोजक नरेन्द्र सिह खत्रीका अनुसार, बुधबार देखी सुरु हुने क्रीकेट प्रतियोगितामा १६ टिमको सहभागीता रहने छ ।

    खेलमा कक्षा १२ सम्मका खेलाडीहरुको सहभागीता रहने उनले जनाए । शैक्षिक संगै खेल र सामाजिक सुधारका कार्य गर्दै आइरकेको विद्यालयले प्रदेश स्तरीय क्रीकेट प्रतियोगिताको आयोजना गर्न लागेको लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिंह मौनीले जानकारी दिए ।

    जसका लागी सम्पूर्ण तयारी पुरा भएको पिन्सिपल मौनीले बताए । खेल लिगचरण अनुरुप खेलाईनेछ ।

    विजेता टिमलाई नगद १ लाख १५ हजार र उपविजेता टिमलाई नगद ६० हजार सहित ट्रफि, मेडल प्रदान गरिनेछ । यस्तै, म्यान अफद सिरिलाई रु ५ हजार प्रदान गरिने छ । उत्कृष्ट खेलाडीहरुलाई समेत विभिन्न विद्यामा पुरस्कार प्रदान गरिनेछ । विद्यालयले खेलमा विजेतालाई रु. एकलाख ८७ हजार ५ सय बराबरको पुरुष्कार प्रदान गर्ने छ । यस्तै, खेलका लागी मंगलबार ट्रफि अनावरण गरिएको छ ।

    प्रतियोगितामा सहभागि टिमको १० हजार दर्ता शुल्क निर्धारण गरिएको छ । कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले विद्यालयले आयोजना गर्ने क्रिकेट प्रतियोगिताले क्रिकेटको बृद्धि विकासमा टेवा पुग्ने बताए ।

    विद्यालयले शैक्षिकका साथै अतिरिक्त कृयाकलाप समेत गर्दैै आएको छ । कञ्चनपुर क्रिकेटका खेलाडीका लागि उर्बराभूमि बनिरहेका बेला विद्यालयले समेत गर्ने प्रतियोगिताबाट थप नयाँ खेलाडी उत्पादनदेखि उत्साहित हुने वातावरण सृजना गरेको छ ।


    प्रतिक्रिया दिनुहोस