सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कन्चनपुरमा ९४ प्रतिशत बालिकाले लगाए एचपीभी खोप


पश्चिम प्रेस
बुधबार, माघ ३० २०८१
  • 468
    Shares

  • images
    images
    कन्चनपुरमा ९४ प्रतिशत बालिकाले लगाए एचपीभी खोप

    महेन्द्रनगर । माघ २२ गतेदेखि कन्चनपुरमा पनि एकै साथ सुरु गरिएको एचपीभी खोप अभियान अन्तर्गत २५ हजार ५४० बालिकाहरुले उक्त खोप लगाएका छन् । 

    जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, जिल्लाका नौ ओटै पालिकामा खोप अभियान सम्पन्न भएको हो । जिल्लामा मंगलबार सम्म ९४ प्रतिशत बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय कन्चनपुरले जनाएको छ । छुटेकाहरुलाई भने स्वास्थ्य कार्यालयमा फागुन ६ गतेसम्म पनि खोप लगाइने भएको छ । 

    स्वास्थ्य कार्यालय कन्चनपुरका प्रमुख ओम प्रकाश जोशीका अनुसार, कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षका किशोरीहरुलाई खोप लगाइएको छ । 

    पाठेघरको मुखको क्यान्सरविरुद्ध देशभर संचालित खोप अभियान कन्चनपुरमा पनि सञ्चालन गरिएको हो । 

    जस अन्तर्गत कृष्णपुर नगरपालिकामा ९० प्रतिशत अर्थात ३ हजार ६५८ , शुक्लाफाटा नगरपालिकामा ८९% ,२ हजार ७६६, बेदकोटमा ९५ %, अर्थात २ हजार ७०४, भीमदत्तमा ९३% अर्थात ६ हजार २७०, दोधारा चादनीमा ९६% अर्थात २ हजार ५८१, लालझाडी गाउँपालिकामा ९८% अर्थात १ हजार १०९, पुनर्वास नगरपालिकामा ९७% अर्थात ३ हजार २०१, बेलौरी नगरपालिकामा ९६% अर्थात २ हजार २०१ र बेलडाँडी गाउँपालिकामा ९७% अर्थात १ हजार ५० जना किशोरीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख जोशीले जानकारी दिए ।  

    जिल्लाभरीका २७ हजार २ सय ६८ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको छ । जिल्लामा फागुन ६ गतेसम्म अभियान जारी रहने कार्यालय प्रमुख जोशीले बताए ।


    प्रतिक्रिया दिनुहोस