शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

वेदकोट नगरपालिकाद्वारा डेढ करोड राजस्व सङ्कलन


पश्चिम प्रेस
शुक्रबार, फागुन २ २०८१
  • 687
    Shares

  • images
    images
    वेदकोट नगरपालिकाद्वारा डेढ करोड राजस्व सङ्कलन

    महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले  एक करोड ४३ लाख ४० हजार ५० राजस्व सङ्कलन गरेको छ ।

    नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो ।

    सो अवधिमा भूमिकर र मालपोतबाट १२ लाख ३४ हजार , बहालकरबाट सात  लाख ७७ हजार, सम्पत्ति करबाट २ लाख ६४ हजार, व्यवसाय करबाट १२ लाख २ हजार , सिफारिस दस्तुरबाट १५ लाख ४७ हजार , अन्य करबाट ९ लाख ४० हजार ९८३, व्यक्तिगत घटना दस्तुरबाट २ लाख ९४ हजार , दहत्तर बहत्तर शुल्कबाट ३१ लाख २० हजार २७४, यातायात क्षेत्रको आम्दानी ३० लाख ७९ हजार ७३१, शिक्षा क्षेत्रको आम्दानी २६ हजार १००, व्यवसाय रजिस्ट्रेसन दस्तुर १ लाख ६६ हजार २४३, पार्किङ शुल्क बाट १ लाख ८३ हजार ७११ राजस्व सङ्कलन बेदकोट नगरपालिकाका राजस्व शाखा प्रमुख तिर्थ राज पाण्डेले जानकारी दिए ।

    उनका अनुसार सरकारी सम्पत्तिको बहालबाट २४  हजार ९७०, प्रशासनिक दण्ड जरिवाना र जफतबाट १ लाख ५८ हजार १००, बेरुजुबापत १ हजार १ र नाता प्रमाणित दस्तुर ११ हजार १०० राजस्व सङ्कलन भएको हो ।


     यस्तै, व्यवसायले भुक्तानी गर्ने राजस्व १ लाख ७ हजार ३००, अन्य प्रशासनिक सेवा शुल्क १ लाख ९९ हजार ५०० , विज्ञापन कर बाट २ लाख २९ हजार ५०० राजस्व सङ्कलन गरेको उनले जानकारी दिए ।

    राजस्व शाखा प्रमुख पाण्डेका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । 

    छ महिनामा   एक करोड ४३ लाख ४० हजार ५० राजस्व सङ्कलन गरेको पाण्डेले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # राजस्व सङ्कलन
  • प्रतिक्रिया दिनुहोस