महेन्द्रनगर । १४ बिमा कम्पनी रहेका सुदूरपश्चिममा पछिल्लो ६ महिनाको अवधिमा एक सय १९ करोड जीवन बिमा शुल्क सङ्कलन गरेका छन् । नेपाल बिमा प्राधिकरण अनुसार, सुदूरपश्चिमका नौ वटै जिल्लाका विमितहरुबाट साउन देखि पुस मसान्त सम्म उक्त बिमा शुल्क सङ्कलन गरिएको हो ।
गत आर्थिक वर्षको ६ महिनाको अवधिमा जीवन बिमा कम्पनीहरुले ९३ करोड ७० लाख बिमा शुल्क सङ्कलन गरेका थिए ।
यस वर्षको ६ महिनाको अवधिमा २७.७८ प्रतिशतले बिमा शुल्क सङ्कलनमा वृद्धि भएको नेपाल बिमा प्राधिकरण सुपका सहायक निर्देशक श्याम सुन्दर नगरकोटीले बताए ।
यस्तै, अघिल्लो आर्थिक वर्षहरूको नवीकरण बिमा शुल्क बापत ५ अर्ब २ करोड जीवन बिमा सुल्क सङ्कलन गरेका छन् ।
बिमा कम्पनीहरुले ६ हजार ८ सय ९३ विमालेखलाई अवधि पुरा भएर ६ महिनाको अवधिमा एक अर्ब एक करोड परिपक्व बिमा दाबी भुक्तानी पनि गरेका छन् ।
यस्तै, सुदूरपश्चिममा १२ निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ५२ करोड बिमा शुल्क सङ्कलन गरेका छन् । गत आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ५१ करोड रुपैयाँ बिमा शुल्क सङ्कलन गरेका थिए । चालु आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीहरूले ३.८७ प्रतिशतले बिमा शुल्क सङ्कलनमा वृद्धि भएको जनाएका छन् ।
लघु जीवन बिमा कम्पनीहरूले यस आर्थिक वर्षको हाल सम्म १ करोड ३७ लाख बिमा शुल्क सङ्कलन गरेका छन् । भने गत आर्थिक वर्षमा १२ लाख ४५ हजारको हाराहारीमा बिमा शुल्क सङ्कलन गरिएको थियो ।
नेपाल बिमा प्राधिकरणले शुक्रवार महेन्द्रनगरमा आर्थिक पत्रकारहरूसँग बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
प्राधिकरणले नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समितिसँगको सहकार्यमा पत्रकारहरूलाई बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल बिमा प्राधिकरण सुप प्रदेशका प्रमुख हृदय पण्डितले बिमा कम्पनी र सेवाग्राही बिचका समस्या समाधान गर्न सही सूचना प्रवाहको महत्वलाई जोड दिए ।
नेपाल पत्रकार महासङ्घ सुप प्रदेशका अध्यक्ष भरत शाह र महासचिव शिवराज भट्टले पत्रकारिता क्षेत्रमा बिमासम्बन्धी जानकारीको अभावलाई सम्बोधन गर्ने महत्वका विषयमा विचार व्यक्त गर्दै यस कार्यक्रमले समाचार सङ्कलनमा सहयोग पु¥याएको बताए ।
.gif)