सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कन्चनपुरमा अज्ञात व्यक्तिले लगाए आठ स्थानीयको परालमा आगो,  महिलामाथि निर्घात कुटपिट


पश्चिम प्रेस
सोमबार, फागुन ५ २०८१
  • 1.5K
    Shares

  • images
    images
    कन्चनपुरमा अज्ञात व्यक्तिले लगाए आठ स्थानीयको परालमा आगो,  महिलामाथि निर्घात कुटपिट

    बेलौरी । कन्चनपुरको बेलौरी नगरपालिका- २ दिनापुरको रानीपुर टोलका किसानले गाईबस्तुको आहाराका लागि परम्परागत तरिकाले राखेको परालको कुन्युमा `अज्ञात´ व्यक्तिले आगो लगाएका छन् । 

    रानीपुर टोलका अमृता राना मगर, सुशिला चाधरी, बाबुराम रिजाल, मानबहादुर चौधरी, गम्बर सिंह सुनार, काली प्रसाद चौधरी, धनलक्ष्मी जिसी लगायतका स्थानीयले परम्परागत तरिकाले बनाएर राखेको परालको परालको कुन्युमा अज्ञात व्यक्तिले क्रमै सङ्ग आगजनी गरेका हुन् ।

    मसिर देखि माघ अन्तिम साता सम्म आठ स्थानीयको परालको कुन्युमा अज्ञात व्यक्तिले आगो लगाएको भन्दै स्थानीयहरु आजित बनेका छन् । 

    पीडितहरुले पटक- पटक प्रहरीमा ती `अज्ञात´ व्यक्तिको खोजीका लागि अनुरोध गरेको बताएका छन् । तर प्रहरीले भने ती व्यक्तिको खोजी गर्न सकेन । माघ २४ मानबहादुर चौधरी र २५ गते मिना चौधरीको कुन्युमा उक्त अज्ञात व्यक्ति आगो लगाएर फरार भए । 

    आक्रोशित स्थानीयको भागदौडका क्रममा कसैले एक महिला तर्फ इसारा गरेपछि एक जर्द्न बढी स्थानीयको समुहले ती महिला माथी नै निर्घात कुटपिट गरेको वडा नम्बर २ का वडा अध्यक्ष कलबिर चौधरीले बताएका छन् । 

    कुटपिटबाट विनापुरकी वर्ष ३२ की कविता स्वाँर घाइते भएकी छन् । स्वाँरको टाउको, छाती र खुट्टामा चोट लागेको छ । उनले धनगढी स्थित माया मेट्रो अस्पतालमा नियमित उपचार गराइरहेकी छन् । 

    प्रहरीले स्वारमाथी कुटपिटमा संलग्न भएको आरोपमा सोही ठाउँका आठ जनालाई लाई हिरासतमा लिएको छ । 

    बेलौरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष चौधरीले उक्त व्यक्ति सम्पर्कमा नआएको बताए ।  उनले ती व्यक्तिको खोजीमा सहयोग गर्न प्रहरीलाई अनुरोध गरिएको बताएका छन् । आक्रोशित स्थानीयको भिडले सोही ठाउँ बस्ने स्वारमाथी कुटपिट गरेको उनले बताए । वडा अध्यक्ष चौधरीले ती `अज्ञात´ व्यक्ति जो कोही भएपनि खोजी गरि कार्वाही गरिनुपर्ने बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कन्चनपुरले ती अज्ञात व्यक्तिको पहिचान नखुलेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता (डिएसपी) उमेश जोशीले आगजनी गर्ने व्यक्ति अझै अज्ञात रहेको बताए । 

    सोही क्रममा महिला माथि कुटपिट गर्ने आठ जनालाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा दर्ता गरि कार्वाही अगाडी बढाइएको डिएसपी जोशीले जानकारी दिए । 

    रानी टोलमा परालको कुन्युमा भएको आगजनी बाट भएको क्षतिको विवरण भने नआएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # निर्घात कुटपिट
  • प्रतिक्रिया दिनुहोस