सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कन्चनपुरमा रोकीएन अबैध उत्खनन


पश्चिम प्रेस
शनिबार, फागुन २४ २०८१
  • 718
    Shares

  • images
    images
    कन्चनपुरमा रोकीएन अबैध उत्खनन

    महेन्द्रनगर । कन्चनपुरका नदि, खोलाबाट अबैधरुपमा नदिजन्य पदार्थ उत्खननको कार्य रोकिएको छैन । जिल्ला स्थित विभिन्न स्थानामा खोला एवम् नदिबाट अवैधरुपमा गिट्टी, बालुवा उत्खनन नरोकिएको गुनासो गरिएको हो । 

    शुक्लाफाटा नगरपालिका-८ स्थित अनौखी खोलाबाट अबैधरुपमा गिट्टी उठाउने कार्य नरोकिएको गुनाको सो क्षेत्रका स्थानीयको रहेको छ । 

    वडा नम्बर आठकी मानमती धामीले रातिको समयमा ट्याक्टर ल्याएर अनौखी खोलाबाट अबैध रुपमा गिट्टी लग्ने गरेको बताइन् । आफुहरुलाई चाहिएको बेला गिट्टी उपलब्ध नहुने तर तस्करहरुले धमाधम गिट्टी लग्ने गरेको उनले बताइन् । 

    नगरपालिकाले अनौखी खोलामा ठेक्का प्रक्रिया अगाडी नबढेकाले तस्करहरुले उक्त खोलाबाट नदिजन्य पदार्थ उत्खनन गर्ने गरेको भेटिएको जनाएको छ । 

    नगरपालिकाका प्रवक्ता लाल बहादुर एरले गौणी खोलामा भने ठेक्का सम्झौता भएको तर अनौखी खोलामा भने ठेक्का सम्झौता हुन बाकी रहेको बताए ।  

    दिनमा स्थानीयहरुले तस्करहरुलाई भगाउने काम गरेपनि रातीको समयमा भने तस्करहरुले नदिजन्य पदार्थ लग्ने गरेको भेटिएको उनले बताए । 

    मंगलवार जिल्ला समन्वय समिति कंचनपुरका प्रमुख दुर्गा दत्त बोहरा , प्रमुख जिल्ला अधिकारी , इलाका प्रहरी कार्यालय झलारी र पत्रकारसहितको टोलिले अनौखी खोलाको अनुगमन गरेको हो । 

    अनुगमनका क्रममा अबैधरुपमा उत्खनन गरिएको गिट्टी सहित ट्याक्टर नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । नियन्त्रणमा लिइएको ट्याक्टर आवस्यक कार्वाहीका लागि शुक्लाफाटा नगरपालिकाकाई बुझाईएको प्रहरीले जनाएको छ ।

    नरपालिकाले भने पहिलो पटकका लागि उक्त ट्याक्टर चालकलाई रु १५ हजार जरिवाना गरि छोडिएको जनाएको छ । 

    गिट्टी भने जफत गरिएको नरपालिकाका प्रवक्ता एरले जनाए । जिल्ला समन्वय समिति कंचनपुरका प्रमुख दुर्गा दत्त बोहराले अबैध रुपमा भईरहेको नदिजन्य पदार्थ उत्खनन रोक्न सरोकारवाला निकायलाई सुझाव दिएको बताए । उनले जिल्ला स्थित सबै पालिकामा अनुगमनको कार्य चलिरहेको बताए । 

    मंगलवार जिसस प्रमुख बोहराले शुक्लाफाटा नगरपालिका वडा नम्बर आठ स्थित अनौखी खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खननको कार्यरोक्न निर्देशन दिएका थिए ।


    प्रतिक्रिया दिनुहोस