महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा अग्रसर हुन विद्यार्थीहरुलाई आग्रह गरेका छन् । आईतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधामन्त्री ओलीले उत्कृष्ठ नतिजा हासिल गरेर दिक्षित हुन सफल भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे । उनले आगामी भविश्यको शुभकामना व्यक्त गर्दे विद्यार्थीहरुलाई मुलुकको विकासमा अग्रसर हुन आग्रह गरे ।
यस क्षेत्रमा विश्वविद्यालय रहनुपर्ने आफ्नो पनि सुरुवात देखीको प्रयास रहेको प्रधानन्त्री ओलीले बताए । विश्वविद्यालयको कोषमा पहिलोपटक ५० हजार राख्ने पहिलो व्यक्ति आफुभएको पनि उनले बताए ।
सुदूरपश्चिममा थुप्रै धार्मिक एवम् ऐतिहासिक संग्रचनारहेकाले यो क्षेत्र धार्मिक दृष्टीकोणले पनि उद्धगम स्थल रहेको प्रधानमन्त्री ओलीले बताए ।
प्राचिनकालमा वेदव्यासले महाकाली नदिको पुर्वी किनारमा बसेर, लामो तपस्या गरेकाले व्यास हिमाल नामाकरण गरिएको बताए ।यहा चक्रको ओम हिमाल, अपी हिमाल, लगायतका थुप्रै प्रर्यटकिय स्थल रहेका प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले छाङरुङ जानकालागी पाँच करोड छुट्याएको बताए । पहिला उक्त क्षेत्रमा मानिस हिड्न सक्ने गरि गोरेटो बाटो खोलिने उनले बताए ।
सुदूरपश्चिममा एकमात्र मेडिकल कलेज र हस्पिटल गेटामा यसै वर्षदेखी सञ्चालनमा ल्याउने गरि सरकारले कार्य अगाडी बढाएको प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए ।
आईतबार प्रधानन्त्री ओलीले पाचौं दिक्षान्त समारोहमा विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा शिक्षासास्त्र संकायबाट ३.४० जिपिए सहित स्नातकोत्तर तह उत्रीर्ण भएका पदम राज भट्टलाई चान्सलर पदक प्रदान गरेका छन् ।
यस्तै, भाइस चान्सर पदक स्कुल अफ एग्रीकल्चर टिकापुरका कुसुम तिमिल्सिनालाई प्रदान गरिएको छ । उनले कृषि विज्ञानमा ३.९३ जिपिए सहित स्नातक तह उत्रीर्ण गरेका थिए ।
त्यसैगरी , स्वर्ण पदक तर्फ कैलाली बहुमुखी क्याम्पबाट स्नातकोत्तर तह उत्रीर्ण गरेका उमेश कुमार बिष्ट , सोही क्याम्पसको व्यवस्थापन संकायबाट स्नातकोत्तर तह उत्रीर्ण गरेका गङ्गा दत्त जोशी , विश्वविद्यालयको केन्द्रिय क्याम्पसबाट शिक्षाशास्त्र संकाय उत्रीर्ण गरेका पदम राज भट्ट , सोही क्याम्पबाट शिक्षाशास्त्र संकायमा स्नातक तह उत्रीर्ण गरेका नवराज पन्त , व्यवस्थापन संकायबाट स्नातक तह उत्रीर्ण गरेका दिपेन्द्र प्रसाद पाण्डेय, विज्ञान तथा प्रविधि संकायबाट स्नातक गरेका देवेन्द्र सिह ठगुन्ना, इन्जिनियरबाट स्नातक गरेका श्रव्यराज पण्डित, टिकापुरबाट कृषि विज्ञानमा स्नातक गरेका कुसुम तिमिल्सिनालाई प्रधानमन्त्री ओलीले स्वर्ण पदक प्रदान गरेका हुन् ।
दिक्षान्त समारोहमा ३ सय ७७ विद्यार्थीहरु दिक्षित भएका छन् । समारोहमा ३ सय ३० बढी अभिभावकहरुको पनि सहभागी थियो ।
समारोहको अध्यक्षताग्रहण कुलपति प्रधानमन्त्री केपी सर्मा ओलीले गर्नुभएको थियो भने भारतको सोबन सिह जीना विश्वविद्यालय, अल्मोडा, उत्तराखण्डका कुलपति प्रोफेसर सत्पाल सिह बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर एकका प्रतिनिधीसभा सदस्य तारालामा तामाङ, नेता कृपाराम राना, भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखकजोशी लगायतको उपस्थिती रहेको थियो ।
.gif)