सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कन्चनपुरमा होलीको रौनक


पश्चिम प्रेस
बुधबार, फागुन २८ २०८१
  • 591
    Shares

  • images
    images
    कन्चनपुरमा होलीको रौनक

    महेन्द्रनगर । रङ्गहरुको पर्व होली हिन्दुधर्मावलम्बीहरुले मनाउदै आएका छन् । परापुर्वकालदेखि होलिका राक्षसको बध भएको खुसियालीमा होलि पर्व मनाइदै आएको हो । 

    एक अर्कालाई रङ्गहरु लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी यस पर्व मनाईन्छ ।  

    त्रेता युगमा हिरण्यकशिपु नामक राक्षसले आफ्नै पुत्र भगवान बिष्णुका परमभक्त प्रल्लाहदलाई मार्नका लागि अनेक प्रयन्त गर्ने गर्दथे । 

    एकदिन हिरण्यकशिपुकि बहिनी होलिकाले सो कुरा थाहा पाएपछि प्रल्लाहदलाई मार्ने योजना बनाइन । 

    अग्नि भगवान बाट वरदान पाएकी होलिकाले प्रल्लाहदलाई एक दिन सडयन्त्रपुर्वक सङ्गै अग्निकुण्डमा लैजाइन । 

    तर भगवान विष्णुका परम भक्त प्रल्लाहदलाई अग्निबाट कुनै क्षती नभएको र होलिका भने जलेर मरेको दिन देखि होलि पर्व मनाइदै आएको विश्वास रहेको छ । 

    दानवता माथी मानवताको विजय भएको खुसीयालीमा यो पर्व मनाउदै आएका छन् । 

    यसै गरि कन्चनपुरमा पनि होरिको रौनक छाएको छ । जिल्लामा समाजसेवी, बुद्धिजिपी, सरकारी-गैरसरकारी सं-सस्था, कर्मचारी , पत्रकार लगायतले रङ्गहरुको पर्व होली मनाउदै आएका छन् । 

    केहीले होलि पर्व खेलेर बनभोज, अनाथालयमा सहयोग र अक्षयकोष स्थापनार्थ होलि कार्यक्रम मनाउदै आएको जनाएका छन् ।  

    होलिको नाममा विकृति 

    पछिल्लो समय होलिको नाममा विकृति बढ्दै गएको भन्दै सचेत र मर्यादित तरिकाले होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय कन्चनपुरले अनुरोध गरेको छ । 

    जिल्ला प्रशासन कार्यालय कन्चनपुरले बुधबार एक सूचना जारी गर्दै यस पर्वलाई मर्यादित एवम् सभ्य ढंगले मनाउन आग्रह गरेको हो ।

    होलिका नाममा अनावश्यक दुःख नदिन समेत प्रशासनले चेतावनी दिएको छ । 

    `पर्व मनाउने नाममा कसैको इच्छा

    विपरित जवरजस्ती, अमर्यादित र उच्छृङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने, गराउने,

    मादक तथा नशालु पदार्थ खुवाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक

    स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने, अर्काको इच्छा विवरीत रङ्ग दल्ने, लोला हान्ने, फोहर छ्याप्ने, वाटोमा हिड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता

    प्रचलित कानून विपरितका कार्य तथा असभ्य व्यवहार कोही कसैले नगर्नु नगराउनु हुन जिल्ला

    प्रशासन कार्यालय, कञ्चनपुर सबैमा हार्दिक अनुरोध गर्दछ ।´ सूचनामा उल्लेख छ ।

    यदि कसैले उच्छृङ्खल एवं कानुन विपरितका काम गरे गराएमा प्रचलित

    कानून वमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा बताए ।


    प्रतिक्रिया दिनुहोस