शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


पश्चिम प्रेस
शुक्रबार, फागुन ३० २०८१
  • 459
    Shares

  • images
    images
    सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । चैत्र पाँच गते हुने स्ववियु निर्वाचनको पक्रिया अगाडी बढाउन नसक्दा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको हो ।  

    क्याम्पसले बिहिबार एक सूचना जारी गर्दे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया तत्कालका लागी स्थगित गरिएको जनाएको छ ।

    क्याम्पस प्रमुख डा.गजराज दमाईद्धारा हस्ताक्षरित विज्ञप्तिमा–‘ निर्वाचन अधिकृत नरेन्द्रसिंह खत्रीले धम्कीका कारणले असुरक्षित महसुस गरेर पदबाट राजीनामा दिएको र खत्रीको ठाउँमा अर्काे निर्वाचन अधिकृतको जिम्मेवारी लिन कोही तयार नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन असहज भएको उल्लेख छ ।’

    सूचनामा स्ववियु निर्वाचन अधिकृतका लागी अर्काे व्यक्ति समेत तयार नहुँदा निर्वाचन स्थगित गर्नुपरेको उल्लेख छ । ‘हाललाई अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको जानकारी गराइन्छ,’सूचनामा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस