भुवन भट्ट, बेलौरी । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागी कञ्चनपुरका क्याम्पसहरूमा कहीँ सर्वेसम्मत रूपमा पदाधिकारी चयन भएका छन् भने कहीँ विवाद देखिएको छ । जिल्ला स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १४ क्याम्पसमध्ये सात ओटा क्याम्पसमा मात्रै निर्वाचन कार्य अगाडी बढाइएको हो । बाँकी ५ क्याम्पसहरूमा भने कहीँ तालाबन्दी त कहीँ असहमति हुँदा निर्वाचन प्रक्रिया स्थगित गरिएको छ भने दुई क्याम्पसमा निर्विेरोध उम्मेदवार चयन गरिएका छन् ।
चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागी जिल्लाको कृष्णपुर नगरपालिका स्थित कञ्चनपुर बहुमुखी क्याम्पस गुलरिया, महाकाली बहुमुखी क्याम्पस बेलौरी, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, बालजागृती कलेज महेन्द्रनगर, भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी, बारिधी कलेज महेन्द्रनगर र जनता क्याम्पस पुर्नवासमा निर्वाचन प्रक्रिया अगाडी बढेको छ ।
दानेश्वर हरि बहुमुखी क्याम्पस जिमुवा र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा भने स्ववियु सभापति निर्विरोध चयन भएका छन् ।
तर पाँच क्याम्पसमा भने भर्ना विवाद, सङ्गठनात्मक असहमति लगायत विविध कारणले निर्वाचन प्रक्रिया बिथोलिएको छ । जिल्ला स्थित जनज्योति बहुमुखी क्याम्पस भासी महेन्द्रनगरमा भर्ना विवादका कारण निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । क्याम्पसले उपलध्य लराएको मतदाता नामावलीमा केही विद्यार्थीले विवाद गरेपछि निर्वाचन प्रक्रिाया स्थगित भएको निर्वाचन अधिकृत प्रजापती नेगीले जानकारी दिए । यस्तै, रामपुर बहुमुखी क्याम्पस कलकत्तामा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गर्दे निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै, उदय सरस्वती बहुमुखी क्याम्पस, घटाल बहुमुखी क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा पनि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
दानेश्वरमा अनेरास्ववियु निर्विरोध
जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिेरोध चयन भएका छन् । दानेश्वरहरि बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा बिकला कुमारी रावल, सचिवमा दिनेश धामी, कोषाध्यक्षमा मोनिका चन्द र सदस्यमा तुलसी विष्ट अनेरास्ववियू बाट निर्विरोध चयन भएको अनेरास्ववियु जिल्ला अध्यक्ष अमर धामीले जानकारी दिए । अन्य क्याम्पसहरूमा पनि सहमतिको प्रयास भइरहेको उनले बताए । यस्तै, झलारी स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा पनि सहमतिका आधारमा सभापतिको टुंगो लगाइएको नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष नरेस पण्डीतले जानकारी दिए । कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा नेपाल विद्यार्थी संघका करन प्रसाद भट्ट चयन भएका उनले जनाए ।
.gif)