महेन्द्रनगर । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत कञ्चनपुरका सात क्याम्पसमा निर्वाचन हुने भएको छ । जिल्ला स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १४ आंगिक र केही सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस मध्ये सात क्याम्पसमा स्ववियु निर्वाचनको तयारी तिब्र रुपमा अगाडी बढेको हो ।
जस अन्तर्गत नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आफ्ना उम्मेदवारको टुंगो लागेको जनाएको छ । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष अमर धामीले जिल्लामा एक क्याम्पसमा निर्विरोधरुपमा अनेरास्ववियुको टिम विजयी भएको जनाए । एमाले निकट अनेरास्ववियुले अधिकांश क्याम्पसमा अध्यक्षसहित उम्मेदवारहरू टुंग्याइसकेको संगठनका जिल्ला अध्यक्ष धामीले जानकारी दिए।
उनका अनुसार अनेरास्ववियुले कञ्चनपुर बहुमुखी क्याम्पस ,गुलरियामा राजेन्द्र खड्कालाई अध्यक्षको उम्मेदवार बनाएको छ । सचिवका उम्मेदवार लक्ष्मी नेपाली, कोषाध्यक्ष करिश्मा महता र सदस्य हसिना राना , रमेश कार्की , धर्मा मल्ल , दिपा पन्त र राममिलन रानालाई उम्मेदवार बनाएको छ ।
यस्तै, महाकाली बहुमुखी क्याम्पस बेलाैरीमा सन्जु चौधरीलाई अध्यक्षको उम्मेदवार बनाएको अनेरास्ववियु कन्चनपुरका अध्यक्ष धामीले जनाए । यस्तै, सचिव पुजा धामी , कोषाध्यक्षका उम्मेदवार मान सिह राना रहेका छन् । अनेरास्ववियु बाट महाकाली बहुमुखी क्याम्पस बेलाैरीमा सदस्यका उम्मेदवार रोसनी रावल, प्रतीक्षा बिस्ट, अस्मिता तामाङ , मन कुमारी चौधरी र रोजिना सुनार रहेका छन् ।
जनता क्याम्पस पुनर्वासमा अनेरास्ववियुबाट प्रबिण भुल अध्यक्षका उम्मेदवार रहेका छन् । जहाँ सचीव अपिल नेपाली , कोषाध्यक्ष अस्मि कुमार थापा र सदस्यहरु कलावती रोकाया, हर्ककला सायर, गँगा बिष्ट उम्मेदवार रहेका छन् ।
यस्तै, सिद्धनाथ बिज्ञान क्याम्पस महेन्द्रनगरमा अनेरास्ववियु बाट सभापतिका उम्मेदवार दिवाकर अवस्थी रहेका छन् । सचिव नरेश बहादुर चन्द , कोषाध्यक्ष वकिल धामी सदस्य भुवन दत्त बडु, डेविड खडायत, योगेश जोशी , दिव्या कुमारी मल्ल र प्रीतिका जोशी उम्मेदवार छन् ।
रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाडीमा अनेरास्ववियुबाट सभापतीका उम्मेदवार सबिना खत्री रहेकी छन् । यस्तै चिव नन्देश्वरी ओखेडा, कोषाध्यक्ष तारा कुमारी बुढा सदस्यहरू तर्फ निर्मला सुनार , लक्ष्मी जोशी र प्रीया लुहार उम्मेदवार छन् ।
यस्तै , बालजगृति कलेज महेन्द्रनगरमा अनेरास्ववियुबाट संगिता भट्ट सभापतिको उम्मेदवार छन् । सचिव दिपा कुवर ,काेषाध्यक्ष पवित्रा अवस्थी,
सदस्य तर्फ मुना ठगुन्ना उम्मेदवार रहेकी छन् ।
भानु बहुमुखी क्याम्पस दाेधरा चादनिको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट सभापतिका उम्मेदवार दशरथ भट्ट रहेका छन् । सचिव महेन्द्र सिह खडका, काेषाध्यक्ष आकृति कसेरा र सदस्यतर्फ हेमन्त चन्द , दशरथ सावदर प्रियङ्का चन्द उम्मेदवार छन् ।
यस्तै, वारिधि कलेज महेन्द्रनगरको स्ववियु सभापतिका लागि सन्दिप राेकाया उम्मेदवार छन् । सचिव प्रतीक्षा चन्द र काेषाध्यक्षका उम्मेदवार दिनेश पाली रहेका छन् । जिल्लामा दुई क्याम्पसमा टुंगो लागेको छ। कतिपय स्थानमा टुंगो लागेर उम्मेदवारी दर्ता भइसकेको छ,’ उनले भने, ‘सहमति नभएका क्याम्पसमा हामीले उम्मेदवार उठाएका छौ ।’
जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिेरोध चयन भएका छन् । दानेश्वरहरि बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा बिमाला कुमारी रावल, सचिवमा दिनेश धामी, कोषाध्यक्षमा मोनिका चन्द र सदस्यमा तुलसी विष्ट अनेरास्ववियू बाट निर्विरोध चयन भएको अनेरास्ववियु जिल्ला अध्यक्ष धामीले जानकारी दिए । यस्तै, झलारी स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा पनि सहमतिका आधारमा सभापतिको टुंगो लगाइएको नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष नरेस पण्डीतले जानकारी दिए । कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा नेपाल विद्यार्थी संघका करन प्रसाद भट्ट चयन भएका उनले जनाए ।
.gif)