महेन्द्रनगर । महेन्द्रनगरमा प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले आध्यात्मिक सम्मेलन गर्ने भएको छ । यहीँ चैत्र १७ गते महेन्द्रनगर स्थित स्मारकमा एक दिवशिय आध्यात्मिक सम्मेलन गरिने जनाइएको हो ।
शनिबार प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण सेवा केन्द्र, महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको जानकारी
गराइएको हो । स्व परिवर्तन बाट विश्व परिवर्तनमा हाम्रो पाइला भन्ने धेयले सम्मेलनको आयोजना गरिने जनाइएको छ ।
दाताहरूको सहयोगमा संचालित उक्त संस्थाले महेन्द्रनगरमा आफ्नै कार्यालय भवन पनि निर्माण गरेको छ । सोही दिन बिहान कार्यालय भवनको उद्दघाटन कार्यक्रम पनि रहेको जनाइएको छ ।
सम्मेलनमा कलेजका विद्यार्थीहरु, जिल्ला स्थित सेवाकेन्द्रमा सेवा लिनेहरु लगायतको सहभागिता रहने जनाइएको छ । आध्यात्मिक चेतनाको ज्ञान दिने लक्ष्यले सम्मेलनको आयोजना गरिएको सेवाकेन्द्रले बताएको छ । सम्मेलनको प्रमुख बाचक ब्रमा कुमारी उषा रहने छिन् । \
कार्यक्रममा पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेष सिंह धामी, पत्रकार बिष्णु अवस्थी, मोहन बिष्ट लगायत पत्रकारहरुको उपस्थित रहेको थियोे ।
१४० बढी देशमा सेवारत रहेको उक्त संस्थाको कञ्चनपुरमा ओम शान्तीका २५ पाठसाला सञ्चालनमा रहेका छन् । सम्मेलनमा १२ सय बढीको सहभागीता रहने जनाइएको छ ।
.gif)