कञ्चनपुर । साहित्यकार रमेश पन्त मीतबन्धु सगरमाथा वर्ष पुरस्कार २०८१ बाट पुरस्कृत हुनुभएको छ । सगरमाथा साहित्य प्रतिष्ठान स्थापना दिवसका अवसरमा देशभरिबाट तीन जना स्रष्टाहरुलाई हरेक वर्ष सगरमाथा वर्ष पुरस्कारबाट सम्मानित गर्ने गर्दछ ।
यस वर्ष पुरस्कृत हुने स्रष्टाहरुमध्ये सुदूरपश्चिमबाट रमेश पन्त मीतबन्धु पुरस्कृत भएका हुन् । स्थापना दिवशको अवसरमा संस्थाले कविताहरुको सगरमाथा नामक संयुक्त कृति पनि प्रकाशन गरि विमोचन गरेको छ ।
सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय प्रवक्ता राजेश राज गडतौताको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ट साहित्यकार कलानिधी दाहाल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा साहित्यकार यमुना न्यौपाने र विवेक दुलाल क्षेत्री पनि सगरमाथा वर्ष पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।
.gif)