शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा 'जनसम्बन्ध विस्तार अभियान' गरिदै


पश्चिम प्रेस
आइतबार, चैत २ २०८१
  • 1.2K
    Shares

  • images
    images
    क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा 'जनसम्बन्ध विस्तार अभियान' गरिदै

    महेन्द्रनगर । क्रान्तिकारी कम्युनिष्ट पार्टी (बैद्य समुह) ले कञ्चनपुरसहित देशका चार स्थानबाट एकैसाथ जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने भएको छ । सोमबारदेखि देशै भरी अभियान संचालन हुन लागेको पार्टीले जनाएको हो । 

    आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीले कञ्चनपुरको गड्डाचौकी देखि जनसम्बन्ध विस्तार अभियान संचालन गरिने जनाएको हो । 

    क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम् चार नम्बर अभियान टोलीका इन्चार्ज कृष्णराज पौडेलले यथास्थिति र प्रतिकृयावादी शक्तिहरुको बिरुद्धमा अभियान संचालन गर्न लागेको बताए । पछिल्लो समय देशमा राजबादीहरुले चलखेल गरिरहेको बताउदै उनले ईतिहासका पाङगा कहिल्यै पछाडी नफर्किने बताए ।

    नेपालमा राजनीतिक क्रान्ति अधुरै रहेको उनले बताए । जसको परिणाम स्वरुप मुलुक अहिले चारैतर्फबाट घेराबन्दीमा परेको पनि उनले बताए । 

    यस देश बनाउने हो भने अधुरो राजनीति क्रान्ति र जनतामाझ गरेका बाचाहरु पूरा गर्नुपर्नेमा उनले जोड दिए । 

    क्रान्तिकारी कम्युनिष्ट पार्टीले बिगतदेखी नै मुलुक र जनताको हितमा आवाज उठाउदै आएको बताउदै उनले देशमा आमूल परिवर्तनका लागि पुनः एकपटक जनता जागरुक हुनुपर्नेमा जोड दिए । 

    पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका इन्चार्ज राम बहादुर महरा(चिन्तक)ले गड्डाचौकीदेखि शुरु भएको अभियान जिल्लाको दोधाराचाँदनी, ब्रम्हदेब, भीमदत्त नगर, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर सहितका स्थानमा संचालन गरिने बताए । यस विचमा सहिद परिवारदेखि सरोकारवालासंग भेटघाट गरिने उनले जनाए । 

    कन्चनपुरमा चारदिन सम्म चल्ने उक्त अभियान अन्तर्गत कोणसभा , विरोधसभा, चोकसभा लगायतका कार्यक्रमहरु गरिने जनाइएको छ । 

    जनसम्बन्ध विस्तार अभियानको बैशाख १८ गते काठमाडौमा समापन गरिने सो पार्टीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस