मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

घरेलु कार्यालय कन्चनपुरको भवनको शिलान्यास


पश्चिम प्रेस
बिहीबार , चैत ६ २०८१
  • 421
    Shares

  • images
    images
    घरेलु कार्यालय कन्चनपुरको भवनको शिलान्यास

    महेन्द्रनगर  । घरेलु तथा साना उद्योग कार्यालय कन्चनपुरको भवनको शिलान्यास भएको छ । बिहीवार एक  सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब प्रमोद भट्टराईले  भवन निर्माणको शिलान्यास गरे ।

    नयाँ भवन निर्माणको लागि  ५४ लाख ७५ हजार ८२५ रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी २०८२ असार  १५ गते सम्पन्न गर्नुपर्ने छ ।

    कार्यालय प्रमुख हेमन्त बहादुर सिहका 
    अनुसार उक्त भवन निर्माणका लागि सुदूरपश्चिमको उद्योग, पर्यटन  वन तथा वातावरण मन्त्रालयबाट ५४ लाख ७५ हजार ८२५ रकम बिनियोजन गरिएको हो । 
    वर्षातमा घरेलुु कार्यालयको हालको भवन डुवानमा पर्ने समस्याले कामकाजमा कठिनाइ हुँदै आएकोमा नयाँ भवनको आवश्यकता देखिएको उक्त कार्यालयका प्रमुख शाहीले बताए  । 
    सेवा प्रवाहमा असहजता नहोस् भन्नका लागि नयाँ भवनको निमार्ण कार्य अगाडि बढाइएको उनले बताए ।


    प्रतिक्रिया दिनुहोस