मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कर्पोरेट कपको उपाधि नविल बैंकलाई


पश्चिम प्रेस
शनिबार, चैत ८ २०८१
  • 531
    Shares

  • images
    images
    कर्पोरेट कपको उपाधि नविल बैंकलाई

    महेन्द्रनगर । कर्पोरेट कप सुपर सिक्स क्रिकेट टुर्नामेन्टको उपाधि नविल बैंकले हात पारेको छ । भीमदत्त नगरपालिकासंग भएको फाइनल खेलमा भीमदत्तलाई चार विकेटले पराजित गर्दै नविलले उपाधी हात पारेको हो । नविलले नगद रु ८८ हजार आठ सय ८८ र ट्रफी हात पारेको छ । भीमदत्तले दिएको ५८ रनको लक्ष्य नविल बैंकले पाँच दशमलव दुइ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । नविल बैंकले गणेश वहादुर धामीले सर्वाधिक २६ रन बनाए । त्यसैगरि निरज भट्टले २१ रनको योगदान गरे भने गणेश वहादुर चन्दले १० रनको योगदान गरे । बलिङमा भीमदत्तका सगुन सुवेदीले एक विकेट हात पारे ।

    त्यसअघि ब्याटिङ्ग गरेको भीमदत्त नगरपालिकाले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो । भीमदत्तका लागि विरेन्द्र सार्कीले सर्वाधिक ३० रनको योगदान गरेका थिए । यसैगरि हेमन्त प्वालीले १७ रन बनाए भने लोकराज पन्तले ६ रनको योगदान गरे । बलिङ्गमा नविल बैंकका निरज भट्टले दुई विकेट लिए भने राजिभ भट्टले एक विकेट लिए । उक्त खेलमा नविल बैंकका निरज भट्ट प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको उपविजेता बनेको भीमदत्त नगरपालिकाले ४४ हजार ४ सय ४४ र ट्रफि हात पारेको छ ।

    प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेकपा एमालेका कञ्चनपुर ईन्चार्ज निरु पालले विजेता र उपविजेता टोलीलाई नगद पुरस्कार र ट्रफि प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले आफुले क्रिकेटको विकासको लागि पहल गर्ने बताउनुभयो । “क्रिकेटले हाम्रो मुलुकको नाम विश्वमा चिनाएको छ ।” उहाँले भन्नुभयो–“नेपालले क्रिकेटमा अमेरीकालाई समेत पराजित गरेको छ ।” उहाँले यहाँ क्रिकेट प्रतियोगिताका लागि खेल मैदान अभाव रहेकाले खेल मैदानको लागि आफुले पहल गर्ने बताउनुभयो । कार्यक्रमका सभापति जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र वहादुर चन्दले जिल्ला क्रिकेट संघले क्रिकेटको विकासका लागि जिल्लामा प्रतियोगिताहरु सञ्चालन गरिरहेको बताउनुभयो । “जिल्लामा खेलका पूर्वाधारको अभावका बीच पनि हामीले ग्रास रुटमा क्रिकेटको विकासका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छौ ।” चन्दले भन्नुभयो–“क्रिकेटको विकासका लागि राज्यको ध्यान धान जरुरी छ ।” कार्यक्रममा सुदूरपश्चिम प्रादेशीक क्रिकेट संघका सचिव लक्ष्मण भट्ट सदस्य आशिष खत्री, क्रिकेट संघका पदाधीकारी लगायत अन्य विशिष्ट व्याक्तित्वहरुको सहभागिता रहेको थियो ।

    जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा फागुन १६ गतेदेखी सुरु भएको प्रतियोगितामा २० वटा टीमको सहभागिता रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस