महेन्द्रनगर । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति कञ्चनपुरले सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकार सँग माग गरेको छ । प्रशासनिक सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घीय निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गरेको हो ।
शुक्रवार नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दे सङ्घीय निजामती ऐन जारी हुन नसक्दा प्रदेश र स्थानीय निजामती सेवाका ऐनहरुपनि जारी हुन सक्नुले कर्मचारीहरूको वृत्ति विकास तथा उत्प्रेरणामा असर पर्न गएका उल्लेख छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्द द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रशासनिक सङ्घीयता कार्यान्वयन अपेक्षित हुन नसकेको विषय प्रति नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
साथै, सुदूरपश्चिमको निजामती सेवा ऐन २०७९ तथा नियमावली २०८१ लाई प्रदेश निजामती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले अपनत्व लिने गरी संशोधन गर्न र स्थानीय सेवा, गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा स्थानीय तहमा कार्यरत सबै किसिमका कर्मचारीहरूको भावना समेटी तत्काल सुदूरपश्चिम प्रदेश सभामा पेस गर्न माग गरिएको छ ।
.gif)