सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी खड्काको उपचारका क्रममा मृत्यु


पश्चिम प्रेस
आइतबार, चैत ९ २०८१
  • 1.1K
    Shares

  • images
    images
    धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी खड्काको उपचारका क्रममा मृत्यु

    धनगढी । ग्यास सिलिन्डर पड्किएर घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारीकी ३६ वर्षीया मीना खड्काको आइतबार उपचारका क्रममा मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खड्का काठमाडौंस्थित बर्न हस्पिटलमा उपचार भइरहेको थियो ।

    त्यही घटनामा घाइते भएकी उनकी छोरी २० वर्षीया चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्दराज जोशीको उपचार चलिरहेको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस