भुवन भट्ट, महेन्द्रनगर । उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको चालू आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट ३ सय १४ मुद्दा फछ्र्यौट भएको जनाइएको हो ।
चालु आर्थिक वर्षको चैत्र दोस्रो सातासम्म उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा ५ सय ९१ मुद्दा दर्ता भएकोमा ३ सय १४ मुद्दा फछ्र्यौट गरिएको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका रजिस्ट्रार जनक सिंह बोहराले जानकारी दिए ।
रजिस्ट्रार बोहराका अनुसार, भर्चुअल माध्यमबाट चैत्र ५ गते उच्च अदालत दिपायल मातहतका जिल्ला अदालतहरूको प्रगति विवरण प्रस्तुत गरिएको हो ।
उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले चालु आर्थिक वर्षको हालसम्म ५३.१३ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म ३१४ मुद्दा फछ्र्यौट भएकोमा २ सय ७७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उच्च अदालत दिपायल महेन्द्रनगरका रजिस्ट्रार बोहराले जानकारी दिए ।
प्रगति सन्तोषजनक
जिल्ला अदालत डडेल्धुराले चालु आर्थिक वर्षको हालसम्म ५९.२९ प्रतिशत मुद्दा किनारा लगाएको छ । अन्य अदालतको भन्दा जिल्ला अदालत डडेल्धुराको प्रगति विवरण सन्तोषजनक देखिएको हो ।
चालू आर्थिक वर्षको हाल सम्म जिल्ला अदालत डडेल्धुरामा जिम्मेवारी सरिआएका गरी १ सय ९९ मुद्दा दर्ता भएको उक्त अदालतका श्रेष्तेदार दामोदर रेग्मीले जानकारी दिए । जहाँ ११८ मुद्दा फछ्र्यौट भएकोमा ८१ मुद्दा फर्छौट हुन बाँकी रहेको उनले बताए ।
उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका रजिस्ट्रार बोहराका अनुसार, दार्चुला जिल्ला अदालतमा हालसम्म १५८ मुद्दा दर्ता भएकोमा चैत्र पहिलो साता सम्म ८८ मुद्दा फछ्र्यौट भएका छन् भने ७० मुद्दा फर्छौट हुन बाँकी छन् । दार्चुलामा हाल सम्म ५५.६९ प्रतिशत मुद्दा फछ्र्यौट भएको दार्चुला जिल्ला अदालतका न्यायधिस पुष्पराज पाण्डेले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
यस्तै, जिल्ला अदालत कञ्चनपुरमा चालू आर्थिक वर्षको हालसम्म १ हजार ८५३ लगत रहेकोमा ९ सय ११ मुद्दा फछ्र्यौट गरिएका छन् । कञ्चनपुर जिल्ला अदालतमा ९ सय ४२ मुद्दा भने फछ्र्यौट हुँन बाँकी रहेको जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश लिलाराज अधिकारीले जानकारी दिए । जिल्ला अदालत कञ्चनपुरले चालुआर्थिक वर्षको आठमहिनामा ४९.१६ प्रतिशत मुद्दा फछ्र्यौट भएको जनाएको हो ।
यस्तै, बैतडी जिल्ला अदालतमा भने चालु आर्थिक वर्षको चार महिना मात्रै बाँकी रहँदा ३७.३१ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ । जहाँ चालु आर्थिक वर्षमा १ सय ३४ मुद्दा दर्ता भएकोमा ५० मुद्दा फर्छौट भएका छन् भने ८४ मुद्दा फछ्र्यौट हुन बाँकी छन् ।
कार्यक्रममा जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश लिलाराज अधिकारीले जिल्ला अदालतको दोस्रो चौमासिक अवधिमा भएका काम कारबाहीको प्रगति विवरण पेस गर्नुभएको छ । यस्तै, डडेल्धुरा जिल्ला अदालतका श्रेष्तेदार दामोदर रेग्मीले दोस्रो चौमासिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने दार्चुला जिल्ला अदालतका न्यायधिस पुष्पराज पाण्डेले जिल्ला अदालतको दोस्रो चौमासिक प्रगति विवरण प्रस्तुत गरे ।
कार्यक्रममा जिल्ला अदालत बैतडीका न्यायाधीश तीर्थराज भट्टले भर्चुअल माध्यमबाट जिल्ला अदालत बैतडीको दोस्रो चौमासिक प्रगति विवरण प्रस्तुत गर्नुभएको उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका रजिस्टार बोहराले जानकारी दिए ।
चौमासिक समीक्षा कार्यक्रममा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश दिनेश प्रसाद यादव, न्यायाधीश उज्ज्वल शुक्ल, न्यायधीस पूmर्पा तामाङ, रजिस्टार जनकसिंह बोहरा, शाखा अधिकृत किशोर कुमार भट्ट, शाखा अधिकृत गणेश प्रसाद भट्ट, शाखा अधिकृत केशव बहादुर चन्द, ना.सु. लक्ष्मी दत्त पन्त, रुद्र प्रसाद वोकटी, पुष्पराज जोशी, महेश सिह साउँद र सूचना प्रविधि सहायक डम्मर सिह धामीसमेत उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
.gif)