मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा गणतन्त्रका पक्षमा एमालेद्वारा शक्ति प्रदर्शन


पश्चिम प्रेस
सोमबार, चैत १७ २०८१
  • 1.7K
    Shares

  • images
    images
    कञ्चनपुरमा गणतन्त्रका पक्षमा एमालेद्वारा शक्ति प्रदर्शन

    महेन्द्रनगर । कञ्चनपुरमा गणतन्त्रका पक्षमा नेकपा एमालेले शक्ति प्रदर्शन गरेको छ । मृत भइसकेको राजतन्त्रका पक्षमा देशमा मच्चाइएको पछिल्लो अराजकता र अमानवियता विरुद्ध नेकपा एमाले कञ्चनपुरले शक्ति प्रदर्शन गरिएको जनाएको हो ।

    सोमबार नेकपा एमालेका समर्थकहरूले ‘हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, प्रतिगमन मुर्दावाद, सामाजिक एकता कायम गर,  सामाजिक अराजकता मुर्दाबाद, गणतन्त्र जिन्दाबाद’ लगायतका नारा लगाउँदै महेन्द्रनगर बजारमा मोटरसाइकल ¥याली सहित गणतन्त्रको पक्षमा शक्ती पर्दशन गरेका छन् ।

    शक्ति प्रर्दशनपछि कोण सभामा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले गाडेको तन्त्रपुन उठ्न नसक्ने बताउनुभयो । राजतन्त्रलाई चुनौती दिनका निम्ती आज शक्ती प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

    उहाले भन्नुभयो,–‘मरेको मुर्दा उठ्न सक्दैन, देशको विकासका लागी नेकपा एमालेले ठुलो प्रयन्त गर्दै आएको छ ।’ यस्तै एमालेको जागरण अभियान अन्र्तगत चैत्र २९ गते कैलालीमा ५० हजार नागरिक सडकमा उर्ताने उहाँले बताउनुभयो ।

    कोण सभामा बोल्दै नेकपा एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले लोकतन्त्रलाई धरापमा पार्न केही अराजक तत्वहरु लागी परेकाले त्यसको विरोध स्वरुप एमालेले देशैभरी मोटरसाइकल ¥याली निकालेको बताउनुभयो ।

    सोमबार गणतन्त्रका पक्षमा जागरण फैलाउन जिल्ला स्तरीय मोटरसाइकल ‍¥याली निकालिएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियानमा सोमबार झण्डै दुईहजार बढी युवाहरुको सहभागिता रहेको नेकपा एमाले कञ्चनपुरले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस