महेन्द्रनगर । महेन्द्रनगरमा ‘एड–टेक राउन्ड टेबल’ कार्यक्रमको आयोजना गरिएको छ । नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरणको उद्देश्यसहित सोमबार महेन्द्रनगरमा ‘एड–टेक राउन्ड टेबल’कार्यक्रमको आयोजना गरिएको हो ।
ग्रामीण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरूको पहिचान गर्दै प्रविधिमैत्री समाधानहरूबारे कार्यक्रममा गहन छलफल गरिएको आयोजक नोट स्विफ्ट प्रा.ली.का सिओओ विषाल भट्टले जानकारी दिनुभयो ।
‘फर दि फ्युचर अफ एजुकेसन इन नेपाल’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो ।
वक्ताहरूले डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षा प्रणालीमा गुणात्मक सुधार ल्याउन सकिने विषयमा आ–आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
विशेषतः नेपालका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई प्रविधिको सहायताले कसरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको नोट स्विफ्ट प्रा.ली. का प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेयले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेयले ग्रामीण नेपालमा शिक्षाको पहुँच र गुणस्तर सुधार गर्नु मुख्य उद्देश्य रहेको बताउनुहुँदै यसका लागि एड–टेक समाधानहरूलाई नीति निर्माणमा समावेश गरिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमबाट प्राप्त सिफारिस, निष्कर्ष, र छलफलहरू समेटिएको विस्तृत प्रतिवेदन चाँडै नीति निर्माताहरू समक्ष पेश गरिने तथा डिजिटल शिक्षाको प्रवद्र्धनका लागि कार्य योजनाहरूको निर्माण गरिने उहाँले बताउनुभयो ।
नोट स्विफ्ट प्रा.ली. ले डिजिटल शिक्षा, कृत्रिम बुद्धिमत्ता, र प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रको विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
यस कार्यक्रमलाई डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण पनि गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखाका प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा.लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेदा एपका का प्रमुख कार्यकारी अधिकृत निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ, तथा नोट स्विफ्ट प्रा.ली. का संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेयजस्ता प्रतिष्ठित व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी थिए ।
.gif)