महेन्द्रनगर । सडक दुर्घटनामा परि नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा घाइते भएकी छिन् । शनिबार साझ महेन्द्रनगरदेखि अत्तरिया तर्फ जानेक्रममा कलुवापुर बजार नजिकै बिएई ०२९८ नम्बरको कारले सोही दिशातर्फ गइरहेको सु.प.प्र ०२००४ प २६९९ नम्बरको स्कुटी लाई ठक्कर दिदा स्कुटिमा सवार बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको हो ।
घाइते नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष बुढाको टाउको र दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उमेश जोशीले जानकारी दिए ।
अध्यक्ष बुढाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको डिएसपी जोशीले बताए ।
प्रहरीले दुवै सवारी साधन र कारचालक कैलालीको धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षिय राम बहादुर चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुशन्धान भइरहेको जनाएको छ ।
.gif)