सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सांसद तामाङ्गद्वारा कञ्चनपुरमा मृत फेला परेका रानाको निष्पक्ष छानबिनको माग


पश्चिम प्रेस
बुधबार, वैशाख २४ २०८२
  • 758
    Shares

  • images
    images
    सांसद तामाङ्गद्वारा कञ्चनपुरमा मृत फेला परेका रानाको निष्पक्ष छानबिनको माग

    भुवन भट्ट/महेन्द्रनगर । सांसद तारा लामा तामाङले कञ्चनपुरका हरिकिसन राना र राम रेसर राना मृत्यु प्रकरणको सूक्ष्म अनुसन्धानको माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै सांसद तामाङले वैशाख ९ गते बेलौरी नगरपालिका–१०, शिवनगरस्थित निर्मल शारदा आर्यघाटनजिकै पूर्ण रूपमा जलेर मृत फेला परेका बेलडाँडीका ५० वर्षीय हरिकिसन राना र वैशाख १७ गते मृत फेला परेका लाल झाडी गाउँपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर रानाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी सत्यतत्थ्य बाहिर ल्याउन सरकार सँग माग गरेका हुन् । 

    जलेर मृत फेला पर्नुभएका बेलडाँडीका रानाको १५ दिन बितिसक्दा समेत वास्तविकता बाहिर आउन सकेको छैन । रानाद्धयको नियोजित तरिकाले हत्या गरिएको भन्दै उनको परिवारले दोषी पत्ता लगाइ हदै सम्मको कारबाहीको माग गर्दे आएका छन् । बुधवार प्रतिनिधि सभामा बोल्नुहुँदै कञ्चनपुर क्षेत्र नम्बर एक बाट निर्वाचित सांसद तामाङले रानाद्को मृत्युको सत्य तथ्य छानबिन वास्तविकता बाहिर ल्याउन सरकार सँग माग गरेका हुन् ।  

    यस्तै, सांसद तामाङले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई यसै सत्रको सदनमा यथाशीघ्र प्रस्तुत गर्न माग गरेका हुन् । 

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित, संसद् सचिवालयमा पेस भइसकेको सो विधेयक विविध कारणले सदनमा प्रस्तुत हुन नसकेको बताइएको छ । सांसद तामाङले भने–‘सम्पूर्ण सुदूरपश्चिमका जनता र सरोकारवालाहरू सबैको भावनालाई विचार गरी सो विधेयकलाई यसै सत्रको सदनमा यथाशीघ्र प्रस्तुत गर्न माग गर्दछु ।’


    प्रतिक्रिया दिनुहोस