भुवन भट्ट/महेन्द्रनगर । बाजुरामा एक प्राध्यापक शङ्कास्पद अवस्थामा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका –६ सायल घर भएका ३८ वर्षीय नरेन्द्र थापा बुधवार साँझ मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराको बडिमालिका क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका थापा साफे मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिए ।
बुधवार बिहान क्याम्पसमा अध्यापनका लागी गएका थापा साँझ साढे ६ बजेको समयमा मृत अवस्थामा फेला परेको जानकारी पाएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले उनको मृत्युको कारण भने खुल्न नसकेको जनाएको छ ।
थापाको आँखा फुटालेको, टाउको र मुखमा चोट रहेको छ । क्याम्पसबाट करिब ५ सय मिटरको दुरीमा थापा नालामा मृत फेला परेका थिए । थापाको दुवै आँखा फुटालेको, टाउको र मुखमा चोट रहेको छ । थापाको मृत्यु शङ्कास्पद भएको भन्दै स्थानीयहरूले घटनाको अनुसन्धान गरिनुपर्ने माग राखेका छन् । स्थानीय नयाँ भारतीले थापाको आँखा फुटेको , टाउको र मुखमा गहिरो चोट रहेकाले उनको हत्या गरिएको आशङ्का व्यक्त गरे ।
मृतक थापाको शव बिहीबार बिहान पोस्टमार्टमका लागी जिल्ला अस्पताल मार्तडीमा लगिएको छ । थापाका एक छोरा र छोरी रहेका छन् । थापाका श्रीमती स्वामीकार्तिक खापर गाउँपालिकामा अध्यापन गराउँदै आएकी छन् । थापा घरमा एक्लै बस्दै आएका थिए ।
.gif)