मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरका चन्द दुई सातादेखि भारतबाट बेपत्ता


पश्चिम प्रेस
आइतबार, जेठ ५ २०८२
  • 5.0K
    Shares

  • images
    images
    कञ्चनपुरका चन्द दुई सातादेखि भारतबाट बेपत्ता

    महेन्द्रनगर । कञ्चनपुरका एक पुरुष भारतबाट बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका– ५ घर भएका अन्दाजी ३० वर्षीय नरेश चन्द दुई सातादेखि भारतको दिल्लीबाट बेपत्ता भएका हुन् ।

    भारतको हरियाणामा काम गर्दे आउनुभएका चन्द गत वैशाख २२ गते महेन्द्रनगरका लागी हिँडेका थिए । दिल्ली आनन्द बिहार बसपार्कबाट चन्द बेपत्ता भएको उनका पारिवारिक व्यक्तिले जनाएका छन् । 

    चन्दका ज्वाइँ प्रेम बहादुर चन्दका अनुसार, मे ५ तारिखको दिन दिउँसो ३ बजे उनीसँग अन्तिम पटक फोन सम्पर्क भएको थियो । त्यसयता भने फोन सम्पर्क हुन सकेको छैन । 

    चन्दको खोजीका लागी आनन्द बिहार प्रहरी थानामा अनुरोध गरिएको छ । देख्नुहुने व्यक्तिले नेपालका लागी सम्पर्क (ह्वाट्स एप) नम्बर ९८६५२८०५०३ र भारतका लागी मोबाइल नम्बर ७३०६५६१४९१ फोन अथवा ह्वाट्स एपमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस