मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा डिएफओ ठाकुरमाथि कालोमोसो


पश्चिम प्रेस
बिहीबार , जेठ ९ २०८२
  • 1.2K
    Shares

  • images
    images
    कञ्चनपुरमा डिएफओ ठाकुरमाथि कालोमोसो

    भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा एक समूहले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालो मोसो दलेको छ । बिहीबार दिउँसो ठाकुरलाई कालो मासो दलेको हो । 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्कबहादुर खत्रीले कालो मोसो दलेको पुष्टि गरे । बिहीबार दिउँसो ४ जना अपरिचित व्यक्तिहरूको समूह उक्त कार्यालयमा आएको र कालो मोसो जस्तो देखिने पदार्थ ठाकुरको मुखमा दलेर फरार रहेको  प्रहरीले जनाएको छ । यद्यपि उनीहरूको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । एसपी खत्रीले उक्त समूहको खोजी भइरहेको बताएका छन् ।  

    तर, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भने ठाकुरलाई चेतावनी स्वरूप जनकारबाही गरेको दाबी गरेको छ । नेपाल (बहुमत) निकट सहायक सङ्गठन कम्युनिस्ट युवा सङ्गठन नेपालका केन्द्रीय सचिव दीपेन्द्र सिंह ऐरीले फेसबुकमा स्ट्याटस राख्दै ‘विगत लामो समय देखि भ्रष्टाचारमा लिप्त रहेका डिभिजन वन कार्यालयका प्रमुख ठाकुरलाई चेतावनी स्वरूप जनकारबाही गरेको’ उल्लेख गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कालो मोसो दल्ने समूहको खोजी भइरहेको जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस