शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

ब्रिष्टन कलेजमा वैज्ञानिक लेखन तथा प्रकाशन सम्बन्धी ३ दिने तालिम सम्पन्न


पश्चिम प्रेस
शुक्रबार, जेठ १० २०८२
  • 2.5K
    Shares

  • images
    images
    ब्रिष्टन कलेजमा वैज्ञानिक लेखन तथा प्रकाशन सम्बन्धी ३ दिने तालिम सम्पन्न

    महेन्द्रनगर । ब्रिष्टन कलेजले वैज्ञानिक लेखन तथा प्रकाशन सम्बन्धी तीन दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ ७ गतेदेखि ९ गतेसम्म सञ्चालित उक्त तालिमले सुदूरपश्चिममा शैक्षिक अनुसन्धान संस्कृतिको विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको विश्वास गरिएको छ। 

    विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को सहयोगमा आयोजित उक्त कार्यक्रम कलेजको सेमिनार हलमा सम्पन्न भएको थियो र विभिन्न शैक्षिक संस्थाहरूबाट सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

    तालिममा विभिन्न शैक्षिक संस्थाहरूका प्रतिनिधित्व गर्दै कुल ८० जना शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    WhatsApp Image 2025-05-23 at 20.07.57.jpeg

    सुदूरपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक डा. गम्भीर बहादुर चन्द, त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. प्रकाश दत्त भट्ट र सुदूरपश्चिम विश्वविद्यालयका सहयोगी प्राध्यापक डा. शिव प्रसाद सापकोटा सहजकर्ताको भूमिकामा रहेका थिए । 

    सुदूरपश्चिम नेपालका शिक्षक, विद्यार्थी र उदीयमान अनुसन्धानकर्ताहरूमा शैक्षिक लेखन सीप अभिवृद्धि गर्नु र बलियो अनुसन्धान संस्कृतिको प्रवर्द्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको कलेजका पूर्व प्रिन्सिपल निशा भट्टले बताउनुभयो । उहाले भन्नुभयो "यूजीसी समर्थित यस कार्यक्रमको सफल सम्पादनले ब्रिक्सटन कलेजलाई सुदूरपश्चिम नेपालमा शैक्षिक रूपान्तरणको उत्प्रेरकको रूपमा स्थापना गरेको छ।" उहाँले थप्नुभयो "यो पहलले अनुसन्धान–उन्मुख सोचलाई बढावा दिन र आफ्ना सम्बन्धित अध्ययन क्षेत्रहरूमा अर्थपूर्ण योगदान दिन सक्ने विश्वव्यापी प्रतिस्पर्धी स्नातकहरू उत्पादन महत्वपुर्ण भूमिका खेलेको छ ।"


  • सम्बन्धित विषय:

  • # ब्रिष्टन कलेज
  • प्रतिक्रिया दिनुहोस