मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

‘लागू औषधको जाँच गर्न विद्यालयमा कीट जरुरी’


पश्चिम प्रेस
शनिबार, जेठ २५ २०८२
  • 840
    Shares

  • images
    images
    ‘लागू औषधको जाँच गर्न विद्यालयमा कीट जरुरी’

    भुवन भट्ट/महेन्द्रनगर । विद्यालयमा अध्ययनरत किशोर किशोरीहरु लागूऔषको दुव्र्यसनमा फस्दै गएको भन्दै नियन्त्रण गर्न जाँचका लागि कीटको प्रयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको छ । शुक्रबार महेन्द्रनगरमा आयोजित वडा स्तरीय बाल क्लबलाई लागू औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धि सचेतना मुलक कार्यक्रममा सहभागीहरुले लागूऔषधलाई विद्यालय स्तरबाटै नियन्त्रणमा ल्याउनुपर्नेमा जोड दिएका छन् । 

    कार्यक्रममा बोल्नुहुँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्रीले धेरै जसो लागूऔषध प्रयोगको सुरुवात विद्यालय वा क्याम्पसबाट हुनेगरेको बताए । कक्षा ६ देखि १० सम्मका ४९.९ प्रतिशत विद्यार्थीले लागूऔषध लिने गरेको उनलेब ताए । साथी सँगिको दवाव, मानसिक तनाव, मनोरञ्जन वा उत्सुकता, पढाइ वा परिवारमा समस्या लगायत कारणले विद्यार्थीहरु लागूऔषध दुव्र्यसन गर्दै आएको पाइएको एसपी खत्रीले बताए । यसको नियन्त्रण गर्न परिवार, समाज र विद्यालयले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा एसपी खत्रीले जोड दिए । लागूऔषध सेवन गरेको वा नगरेको भनी जाँच गर्नका लागि विद्यालयमा कीट मार्फत जाँच गर्न जरुरी रहेको एसपी खत्रीले बताए ।  

    विद्यालय स्तरबाटै लागूऔषध नियन्त्रणमा ल्याउन सके किशोर किशोरीहरुलाई सहि मार्गमा डोहो¥याउन सकिनेमा सहभागीहरुले जोड दिए । कार्यक्रममा बोल्दै भीमदत्त वडा नम्बर १८ का अध्यक्ष रवीन्द्र प्रसाद देवकोटाले लागूऔषधबाट बालबालिकाहरुलाई जोगाउनु अहिलेको प्रमुख कामरहेको बताए ।  

    बालबालिकाको भविष्य कसरी उज्वल गर्ने तर्फ ध्यान दिदै यस पटक वडा स्तरीय बाल क्लबको पनि गठन गरिएको उनले बताए । बाल अधिकार संरक्षण तथा सम्र्वद्धन सम्बन्धि कार्य सञ्चालन कार्यविधि, २०७५ अनुसार २२ सदस्यीय बाल क्लब गठन गरिएको उनले बताए । 

    कार्यक्रममा ग्लोबल एकेडेमी कक्षा १० मा अध्ययनरत भीमदत्त १८ वडा स्तरीय बाल क्लबका अध्यक्ष भावेस ओझाले विद्यार्थीहरुले लागूऔषधबाट सधै टाढारहनुपर्ने बताए । औषध नियन्त्रण गर्न बाल क्वबले महत्तवपूर्ण भुमिका खेल्ने उनले बताए । कसैले सेवन गरेमा विद्यालयमा खबर गर्न र सेवन नगर्न अनुरोध गर्नुपर्ने उनले बताए । 

    शुक्रबार वडा नम्बर १८ को आयोजनामा वडा स्तरीय बाल क्लबलाई बाल अधिकार, नेतृत्व विकास तथा लागूऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रममा विभिन्न विद्यालयका छात्ररछात्राहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ग्लोबल एकेडेमिका प्रीन्सिपल सुरेन्द्र ओझाले नेतृत्व विकास सम्बन्धि र वालवालिका सम्बन्धि कानुनी व्यवस्थाको विषयमा भीमदत्त नगरपालिकाका कानुन अधिकृत विरेन्द्र बहादुर सिहले प्रस्तुतिकरण गर्नुभएको थियो ।


    प्रतिक्रिया दिनुहोस