सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुमा ग्यास लिक भएर आगलागी हुँदा १५ लाख बढीको क्षती


पश्चिम प्रेस
मंगलबार, जेठ २८ २०८२
  • 1.9K
    Shares

  • images
    images
    कञ्चनपुमा ग्यास लिक भएर आगलागी हुँदा १५ लाख बढीको क्षती
    महेन्द्रनगर । कञ्चनपुरमा एक घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका १ बनसाहमा स्थानीय गणेश पन्तको घरमा मङ्गलवार बिहान ग्यास लिक भएर आगलागी हुँदा १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
     
    भान्सा कोठामा राखिएको ग्यास लिक भएर एक्कासि आगलागी हुँदा घरमा भएको धनमाल, लुगा कपडा, फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिए ।  
     
    दमकल र स्थानीयको सहयोगमा केही घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ । आगलागीको थप विवरण आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस